बिर्तामोड । नेपालका वैज्ञानिक डा. महाबीर पुनको जीवन पुस्तक बारे चर्चा गर्दै किरात राई यायोक्खाले खरीद गरेको छ ।
किरात राई यायोक्खाको भवनमा आज आयोजित कार्यक्रममा डा. पुनको भनाइ र उनको काम मन पराएर यायोक्खामा आवद्ध विभिन्न समितिमा रहेका अग्रजहरुले उक्त पुस्तक खरीद गरेका थिए ।
बेनु राईले ५० थान, कुमार राई १५ थान, तिलक राई १० थान, चन्द्र हाङखिम १० थान, बसन्त राई १० थान, बीरबहादुर राई ५ थान लगायत अन्य सहभागिले एक÷एक थान गरी एक सय ८५ पुस्तक खरीद गरिएको आयुप मेवाहाङ राई जानकारी दिए ।
कार्यक्रममा कृषि औजार कारखानाका लागि उक्त पुस्तक बेच्दै हिडेको जानकारी दिँदै डा. पुनले अगाडि भने, तीन करोड जनसंख्या भएको नेपालमा एक प्रतिशतले पुस्तक खरीद गरिदिए बीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्न सकिने छ ।
यस विषयमा मैले सरकारलाई ध्यानाकर्षण गर्दा सरकारको नजर नपरेपछि जीवनी पुस्तक प्रकाशन गरेर बेच्दै हिडेको जानकारी गराए ।
डा. पुनले किरात राई यायोक्खा वडा समिति अर्जुनधारा बिर्तामोडले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
डा. पुनलाई किरात राई यायोक्खा जिल्ला सल्लाहकारद्वय कुमार हाङछेन राई र दिपीन राईले पगरी लगाइदिएर सम्मान गरेका थिए ।
तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा गणेशबहादुर राई, अर्जुन राई, चिजा राई, चुम्लुङका भिममाया कन्दङ्वा, हिमालय कन्दङ्वा, महासंघ राजकुमार राजवंशी, खेलाडी सीता राई, कविता मगर लगायतको उपस्थिति रहेको थियो ।