भ्रष्टाचारको भागिदारबाट उम्कनका लागि मुढामा मतदान जरुरी « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

भ्रष्टाचारको भागिदारबाट उम्कनका लागि मुढामा मतदान जरुरी


यलम्वर टाइम्स
११ बैशाख २०८१, मंगलवार ११:०४

माङसेबुङ । डा. महेन्द्र लावतीले पहिचान पक्षधरहरुको चुनावी सभालाई सम्बोधन गर्दै भ्रष्टाचारको भागिदारबाट उम्कनका लागि डकेन्द्रसिंहको मुढा चिन्हलाई मतदान गर्नुपर्ने बताए ।

इलामको माङसेबुङमा आयोजित सभालाई सम्बोधन गर्दै डा. लावतीले नेपालका लागि पहिचानको आवाज सदनमा उठाउने महत्वपूर्ण समय भएको हुँदा मुढालाई मत बढी दिनसके संसारभरका पहिचानवादीको समर्थन सदनमा रहने थियो । त्यसैले आज जुन ढंगबाट पहिचानवादीहरु एकतामा बाँधिनु भएको छ यो मतमा पनि बाँधिएर मुढालाई मतदान गर्न जरुरी रहेको बताएका छन् ।

उनले सुझाव समेत राख्दै जनलहरले चुनाव जितिने होइन, जनलहरसँगै निगरानी आवश्यक रहेको बताए ।

धरानका मेयर हर्क साम्पाङले माङसेबुङ ग्रामिण क्षेत्र होइन शहरी क्षेत्र हो । शहरी क्षेत्रको बाटोघाटो र टेलिफोन टावरको दुर्दशा देख्दा यसअघिका सांसद ‘यश मेन’ भएको कारण विकासका लागि पहिचान पक्षधर डकेन्द्रलाई मत दिनुपर्ने बताए ।

विकास गर्छौभन्दै फेरि झुक्याउन ठूला दल तम्तयार भएको हुँदा होसियार रहन आग्रह गरे । आफ्नो ठाउँ अब अरु बनाइदिने होइन आफैले बनाउनुपर्ने भएको हुँदा मुढामा मतदान गर्न जरुरी रहेको मेयर सम्पाङले बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च र नागरिक उन्मुक्ति पार्टीका अग्रज नेताहरुले समेत चुनावी सभालाई सम्बोधन गरेका थिए ।

सभामा उम्मेद्वार डकेन्द्रसिंह थेगिमले पहिचान पक्षहरुको विजय हुनमा तपाई मतदाताहरुको ठूलो भूमिका रहेको बताउँदै विजय भएर गएमा छोटो समयमा परिवर्तन गरेर देखाउने वाचा राखे ।