बुबाले छाडेको अधुरा काम पुरा गरेरै छाड्छुः सुहाङ « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

बुबाले छाडेको अधुरा काम पुरा गरेरै छाड्छुः सुहाङ


यलम्वर टाइम्स
११ बैशाख २०८१, मंगलवार ११:१२

माई । यस क्षेत्रको उन्नति र प्रगतिका लागि नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई मतदान गर्न आग्रह गरेका छन् ।

मंगलबार माई नगरपालिकाको ७ र ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो कुरा राखेका हुन् ।

कार्यक्रममा उम्मेद्वार सुहाङले हामी पनि पहिचान पक्षधरकै हौं । त्योसँगै विकास, उन्नति र प्रगतिको बाटोमा जाने संगठन पनि हौं । यो क्षेत्रको लागि धेरै काम गर्न बाँकी छ । बुबाले डोहोर्याएको बाटो र गर्न पर्ने काम अधुरा रहेको कारण म एक पटक यहाँहरुको घरआँगनमा आएको छु । विश्वास गर्नुस् तपाईको मतलाई खेर जान दिने छैन ।

उम्मेद्वार सुहाङले वडा नं. ७ को चुनावी सभालाई सम्बोधन गर्दै भने, म कसैको हनुमान होइन, पार्टीले उभ्याएको उम्मेद्वार हुँ । विकासका लागि मेरो पार्टी एक इन्च पनि चुक्दैन । म त्यसैको प्रतिनिधित्व हुँ । चुनाव लड्नु अघि यस क्षेत्रको भौगोलिक गतिविधि राम्ररी बुझेको छु । विश्वास छ तपाईको मत सूर्यमा जानेछ ।

चुनावी सभामा नेता रविन कोइराला, झापाका अध्यक्ष प्रेमबहादुर गिरी लगायत महिला नेतृहरुको बाक्लो उपस्थिति रहेको थियो ।