बैसाबारीमा सम्पन्न शिविरबाट आखा र नाक, कान घाटीका दुई सय बढी बिरामी लाभान्वित « Yalambar Times
३० बैशाख २०८१, आईतवार

बैसाबारीमा सम्पन्न शिविरबाट आखा र नाक, कान घाटीका दुई सय बढी बिरामी लाभान्वित


यलम्वर टाइम्स
२३ बैशाख २०८१, आईतवार ०७:०९

बैसाबारी । झापाकाे अर्जुनधारा-५ स्थित बैसाबारीमा नाक, कान घाँटी र आखा सम्बन्धि  एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

टाेल नम्बर २ काे आयाेजना तथा बिर्ता आई तथा ईएनटी हस्पिटलकाे प्राविधिक सहयाेगमा शिविर सम्पन्न भएकाे हाे ।

शिविरमा आखाका एक सय ५० र नाक, कान, घाँटीका ५० गरि २ सय बिरामी लाभान्वित भएका थिए ।

शिविरबाट माेती बिन्दु भएका २८ बिरामीलाई शल्यक्रियाका लागि रिफर गरिएकाे टाेल समिति संयाेजक टंक दाहालले जानकारी दिए ।

टाेल समितिका संयाेजक टंकप्रसाद दाहालकाे सभापतित्वमा भएकाे कर्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष गीताराज खड्का रहेका थिए ।

कार्यक्रममा बिर्तामाेड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा, वडासदस्य लक्ष्मी खनाल, भानु माविका प्रअ रूपक दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा सचिव पूजा काेइरालाले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत टाेल नं. १ संयाेजक शिवप्रसाद घिमिरेले गरेका थिए ।

शिविरमा बिर्ता आई एण्ड ईएनटी हस्पिटलका व्यवस्थापक दिपेन बस्नेत, नाक, कान, घाँटी प्राविधिक इन्द्रबहादुर केसी, नेत्र सहायक राेशन खनाल, रञ्जु लिम्बू, अप्टिसियन सुदिप ढुंगाना, काउन्सिलर सलिना नेपाली लगायतकाे टिमले सहजिकरण गरेका थिए ।