१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ झापाको बन्द सत्र सम्पन्न « Yalambar Times
२ असार २०८१, शनिबार

१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ झापाको बन्द सत्र सम्पन्न


यलम्वर टाइम्स
९ जेष्ठ २०८१, बुधबार १२:२७

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको १४ औं अधिवेशनको बन्द सत्र बुधबार सम्पन्न भएको छ ।

बैशाख १७ गते गते अधिवेशन सुरु भइ बन्दसत्र हुन लाग्दा बन्द सत्रको उपस्थिति संख्या कम भएको भन्दै स्थगित गरिएको थियो ।

पत्रकारका पेशागत संगठन बीचको एकतापछि आज ९ गते बन्द सत्र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने निर्णय अनुसार सम्पन्न गरिएको हो ।

बन्द सत्रमा सचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्दै महासंघले गर्नुपर्ने भावी रणनीतिका विषयमा पत्रकारहरुले आवाज उठाएका थिए ।

कार्यक्रममा अध्यक्ष एकराज गिरीले उपचार कोष सञ्चालन विधि र आफ्नो कार्यकालमा भएका गतिविधिका विषयमा भनाई राखेका थिए ।

अध्यक्ष गिरीले उपचार कोषबाट कोषको सदस्य नभएका महासंघका सदस्यलाई पनि सदस्य सरह उपचार सहयोग गरिने र महासंघको सदस्य नबनी सञ्चार क्षेत्रमा आवद्ध भएका पत्रकारहरुलाई पनि सहयोग गरिने बताए ।

बन्द सत्रले १० बुँदे घोषणापत्र जारी गर्दै पत्रकारको पेशागत सुरक्षा र मिडियालाई राज्यले दिनुपर्ने सुविधाका विषयमा माग गरिएको छ ।

घोषणपत्रमा कान्तिपुर दैनिक माथि भएको ज्यादती लोकतन्त्र विपरित भएको र स्थानीय सरकारबाट ठूला खाले सूचना तथा विज्ञापन स्थानीयस्तरका अखबारमा प्रकाशित गरिनुपर्ने जस्ता विषय उल्लेख छ ।
घोषणापत्र तयारी समितिका सदस्य अम्बिका भण्डारीले वाचन गरेकी थिइन् ।

केन्द्रीय प्रतिनिधि अमर खड्का र प्रदेश उपाध्यक्ष हिमा चेम्जोङको उपस्थितिमा बन्द सत्र सम्पन्न गरिएको थियो ।