इलाम लिगः सेमिफाइनल भिड्ने टिम पक्का « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

इलाम लिगः सेमिफाइनल भिड्ने टिम पक्का


यलम्वर टाइम्स
१८ जेष्ठ २०८१, शुक्रबार ०५:४६

इलाम । एन्फा इलाम जिल्ला लीगको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहिबार लीग चरणको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन् ।

आज शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्ल्बले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी युथ क्लबले फ्रेन्डसिप युथ क्लब गोदकसंग खेल्नेछ ।

रेडहर्स टुडिखेलमा सम्पन्न समुह ए को बिजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समुह बीको बिजेताको सेमिफाइनल पुगेको हो । त्रिवेणी देउमाई नगरपालिकामा भएको समुह बी को बिजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समुह ए को बिजेताको रुपमा सेमिफाइनल पुगेका हुन् ।

इलामको ठुलो टुडिखेलमा संचालित समुह ए को खेलमा क्लब ओएसिस र रेडहर्स फुटबल क्लब बिजयी भएका छन् ।

देउमाईको मंगलबारे स्थित छात्राबास खेलमैदानमा समुह बी को खेलमा त्रिवेणी युथ क्लब बिजयी बन्यो । क्लब ओएसिसले हेल्लो जस्बिरे माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ ।

त्यसैगरी रेडहर्सले देउराली स्र्पोटिङ क्लब माथि १–० गोल अन्तरको जित दर्ता गरेको छ । लीग चरणको खेल सम्पन्न भएसंगै समुह ए बाट ३ जितका साथ ९ अंक बटुल्दै रेडहर्स सेमिफाइनल प्रवेश गरेको छ ।

१ जीत, १ बराबरी र १ पराजयसंगै ४ अंकका साथ क्लब ओएसिस दोश्रो बनेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा देउराली तेश्रो बनेको छ ।

समुह ए बाट हेल्लो जस्बिरे रेलिगेसनमा परेको छ । देउरालीले रेलिगेसन जोगाउन शनिबार प्लेअफ खेल्नेछ । देउरालीले करफोक मैदानमा भएको प्रतियोगिताको एक टिमसंग रेलिगेसन जोगाउन खेल्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पुर्ण फत्रले जानकारी दिए । उनले देउरालीको प्रतिद्वन्दीको बारेमा शुक्रबार टुङ्गो लाग्ने बताए ।

त्यसैगरी समुह बी अन्र्तगत आजको खेलमा माईभ्याली फुटबल क्ल्बलाई २–१ गोल अन्तरले हराउँदै त्रिवेणी ग्रुप च्याम्पियन भएर सेमिफाइनल प्रवेश गरेको छ । सो समुहमा १ जित र १ पराजय भोगेका माईभ्याली ३ अंकका साथ दोश्रो स्थानमा छ । २ खेलमा पराजित हेलिबोध एफसी रेलिगेसनमा परेको छ ।