बाह्रदशीमा संग्रौला परिवारले बनाइदिए यलम्बरको प्रतिमा « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

बाह्रदशीमा संग्रौला परिवारले बनाइदिए यलम्बरको प्रतिमा


यलम्वर टाइम्स
२२ जेष्ठ २०८१, मंगलवार ०७:२२

बाह्रदशी । आफ्नो पितृको स्मृतिमा बाह्रदशी–६ मा बस्दै आएका संग्रौला परिवारले किराँती प्रथम राजा यलम्बरको पूर्णकदको प्रतिमा निर्माण गरिदिएका छन् ।

उभौली पर्व चलिरहेको बेला किराँत राई यायोक्खा बाह्रदशीलाई उक्त प्रतिमा निर्माण गरी हस्तान्तण गरिएको थियो ।

तेह्रथुम जिल्ला आठराई–४ छातेढुंगामा जन्मिएका स्व. रमेशकुमार संग्रौलाको स्मृतिमा उनकी श्रीमती देवमाया संग्रौला, छोराबुहारीहरु सविन, सुनिता संग्रौला, रबिन, आशिका संग्रौला, भरत संग्रौला र छोरीज्वाई अञ्जना, खगेन्द्र उप्रेतीको संयुक्त पहलमा यलम्बरको प्रतिमा निर्माण गरिएको हो ।

किराँत राई यायोक्खाको उभौली कार्यक्रमको एक समारोहमा निर्माणकर्ता भरत संग्रौलालाई कार्यक्रमका प्रमुख अतिथि यायोक्खाका जिल्ला उपाध्यक्ष केवलराम राईले सम्मान प्रदान गर्दै संग्रौला परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।

प्रमुख अतिथि राईले उभौली पर्वमा अन्य सम्प्रदायहरु यसरी जोडिएर जातीय सद्भाव निर्माण गर्दै जाँदा संग्रौला परिवार यायोक्खाभित्र सम्मानित हुनुभएको बताए । निर्माणकर्ताको तर्फबाट भरत संग्रौलाले सम्मान गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।