आज सालबारीमा भव्य साकेला उत्सव « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

आज सालबारीमा भव्य साकेला उत्सव


यलम्वर टाइम्स
२६ जेष्ठ २०८१, शनिबार ०३:२४

अर्जुनधारा । सदाझै किराँत राई यायोक्खा अर्जुनधाराले आज शनिबार सालबारी स्थित साकेला थानमा विविध कार्यक्रमका साथ साकेला उत्सव आयोजना गर्दै छ ।

उभौली चाडको रुपमा आयोजित कार्यक्रमको उद्घाटन गर्न यायोक्खा केन्द्रीय उपाध्यक्ष युवराज राईको उपस्थिति रहने सचिव सिंहबहादुर राईले बताए । आजै सुम्निमा पारुहाङको आकर्षक प्रतिमाको अनावरण हुने र मुन्धुमी पार्कको पनि चर्चा चलाउने भएका छन् ।

पार्कमा खुवालुङ, साल्पा पोखरी र तीन चुल्हा सजिएको छ । विभिन्न कार्यक्रमका साथ हुने उत्सवमा उपस्थितिका लागि सबैलाई आव्हान गरिएको छ ।