गिरीबन्धु टि इस्टेट गिरी परिवारको हो, कसैको खेलौना होइनः गिरी परिवार « Yalambar Times
१२ असार २०८१, मंगलवार

गिरीबन्धु टि इस्टेट गिरी परिवारको हो, कसैको खेलौना होइनः गिरी परिवार


यलम्वर टाइम्स
३० जेष्ठ २०८१, बुधबार १२:५९

बिर्तामोड । गिरीबन्धु टि इस्टेटका सञ्चालकले पत्रकार सम्मेलन गर्दै बजारमा आएको अफवालाई सत्यता नसम्झिन अनुरोध गरेका छन् ।

पिता पूर्खाले राज्यलाई कर तिरेर संयुक्तमा ल्याएको टि इस्टेटले विभिन्न कर तिर्दै सञ्चालनमा आएको हो । यो राज्यको नभइ नितान्त गिरीबन्धुहरुको भएको बताइएको छ ।

गिरीबन्धु टि इस्टेटका व्यवस्थापक प्रमुख छत्रबहादुर गिरीले २०२० साल ४ महिना २६ गते स्थापित भएको ज्येष्ठ उद्योग हो । यो गिरीबन्धु परिवारको नाममा छ । यसलाई कुनै राजनीतिक दल वा राज्यको भन्ने विषयलाई लिएर खिच्चातानी नगरिदिन अनुरोध गरेका छन् ।

महेन्द्र राजमार्ग बन्नु अगाडि यो उद्योग सञ्चालित भएको हो । पछि उद्योग पूर्ण रुपमा सञ्चालित हुँदै जाँदा राजमार्ग बन्यो । राजमार्गपछि बिर्तामोडले परिस्कृत बदल्यो । ठूलो शहर बन्यो । टि इस्टेटलाई आवश्यक सामग्री प्रयोग गर्न पाइएन । त्यसैले स्थानान्तरण गरेर उद्योगलाई स्थायीत्व राख्न र त्यहाँ आवद्ध मजदुरलाई सुरक्षित राख्न प्रयास गरिएको मात्र हो । यसलाई बढी होहल्ला नगर्न र नगराउँन अनुरोध गरेका थिए ।

पत्रकार सम्मेलनमा गिरीबन्धु टि इस्टेटका अर्का व्यवस्थापक नविन गिरीले ३ सय विगाहमा अवस्थित चिया बगान खुम्चिएर विभिन्न क्षेत्रबाट आक्रमण गरेर खस्किएको अवस्था छ । उद्योगलाई चारैतिरबाट धरासाइ बनाउनेहरुको संख्या पनि त्यतिकै छ । त्यसैले फराकिलो शहर बिर्तामोडवासीलाई सुरक्षित राख्नका लागि पनि स्थानान्तरण देखिन्छ । तर यसलाई दल वा सरकारले नचाहिँदो तरिकाबाट गरेको हल्लाले कसैलाई शान्ति नभएको बताए ।

कार्यक्रममा गिरीबन्धु टि इस्टेटका मजदुर प्रमुख सन्तकुमार राईले गिरीबन्धु चिया बगान दुव्र्यवसनीको अखडा मात्र होइन, त्यहाँका बुटियानहरु, रुखहरु काटेर संस्थालाई नै अप्ठ्यारो पारेको हुँदा दुःखद अवस्था भएको बताए । उनले वर्षेनी डेढ करोडाभन्दा बढी उद्योगलाई घाटा भएको बताए ।

पत्रकार सम्मेलनमा भरतलाल गिरी, प्रशान्त गिरी, समिर गिरी, श्याम गिरी लगायतको सहभागिता थियो ।