अर्जुनधारा–३ खुदुनाबारीमा माओवादी केन्द्रको दोस्रो सम्मेलन « Yalambar Times
१६ असार २०८१, शनिबार

अर्जुनधारा–३ खुदुनाबारीमा माओवादी केन्द्रको दोस्रो सम्मेलन


यलम्वर टाइम्स
१३ असार २०८१, बुधबार १०:५८

खुदुनाबारी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत अर्जुनधारा–३ मा दोस्रो सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै अभियानका संयोजक लक्ष्मी न्यौपाने ‘सरु’ले परिवर्तनको एजेण्डालाई अझ जनमानसमा पुर्याउन र माओवादीले ल्याएको अधिकार स्थापित गराउन अभियान अगाडि आएको बताइन् ।

केन्द्रीय सदस्य हरिकुमार रानाले जकडिएको राज्य सत्तालाई जनमानसमा उदाङ्गो पार्न र जनताले चाहेको लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गराउन माओवादी बाहेक अर्को दल नरहेको बताए ।

नगर अध्यक्ष नरबहादुर तामाङले दलित, उत्पीडित महिला, आदिवासी र मधेसको मुक्तिका लागि सुदृढिकरण अभियान सञ्चालन भएको बताउँदै सबै समुदायको उन्नतिको एउटै आधार माओवादी केन्द्र भएको बताए ।

याम मगरको सभापतित्वमा भएको सम्मेलनले विगतका क्रियाकलाप र वर्तमान राज्य सत्ताले सञ्चालन गरेको व्यवहारप्रति मूल्यांकन गरिएको थियो ।

सम्मेलनले यामबहादुर रैका मगरको अध्यक्षतामा १९ सदस्यीय एक समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा होम ल्वागुन, सचिवमा अर्जुन निरौला, सहसचिव इश्वर पराजुली, कोषाध्यक्षमा कौशिला पाँचकोटी रहेका छन् ।

यसरी नै सदस्यहरुमा अम्मर परियार, प्रेम अधिकारी, कुमार खड्का, विदुर फियाक लिम्बू, सरस्वती बस्नेत, अनुपा रम्तेल, नर्वदा बराइली, युवराज रम्तेल, खगेन्द्र लिम्बू, धनबहादुर चौहान, हर्कबहादुर भण्डारी, रुप नारायण खनाल, विजय घतानी र विमला विक रहेका छन् ।