कात्यानी दुर्गा शक्तिपीठद्वारा दाता श्रेष्ठ सम्मानित « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

कात्यानी दुर्गा शक्तिपीठद्वारा दाता श्रेष्ठ सम्मानित


यलम्वर टाइम्स
२५ असार २०८१, सोमबार १०:०४

अर्जुनधारा । शनिश्चरे बजार स्थित कात्यानी दुर्गा शक्तिपीठमा सूर्य नारायण मन्दिरसँगै यज्ञ कुण्ड निर्माण गरिदिने दाता बलबहादुर श्रेष्ठलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

अर्जुनधारा निवासी श्रेष्ठले बाहिरबाट आउने भक्तजनहरुलाई पूजापाठ गर्न सहज होस् भन्ने हेतुले यसअघि सूर्य नारायण मन्दिरसँगै यज्ञ कुण्ड निर्माण गरिदिएका थिए ।

दाता श्रेष्ठलाई मन्दिरका अध्यक्ष कमल श्रेष्ठ, सदस्य कृष्ण पौडेल लगायतले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्व, धर्मानुरागी लगायतको उपस्थिति रहेको थियो ।

कात्यानी दुर्गा शक्तिपीठलाई ऐतिहासिक मन्दिरको रुपमा अगाडि बढाउनका लागि मन्दिरले दाताहरुलाई यसरी नै सम्मान गर्दै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।