नेत्रदान, महादान « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

नेत्रदान, महादान


यलम्वर टाइम्स
१५ श्रावण २०७४, आईतवार ०८:१४

 

– राजेशकुमार चौरसिया

संसारमा सयौ लाख व्यक्तिहरु आँखा नदेखेर अपाङ्ग भएका छन् । कम्तिमा १० लाख व्यक्तिहरुले आफनो हेर्न सकने क्षमाताको पुुन: विकास गर्न सक्छन तर यसको लागि उचित उपाचर चाहिन्छ – जुन हो स्वास्थ कर्निया, जसको आँखाको दृष्टि कालो मनि (पुतली) (कर्निया) को खरावीले गुमेको हुन्छ । यो कालो मनि (पुतली) (कर्निया) को प्रत्यारोपनले फेरी दृष्टि फर्केर आउछ र त्यस व्यक्तिले सजिलैसंग विश्वलाई फेरि हेर्न र रमाउन सक्छ । र त्यही कर्निया जुन प्रत्यारोपन गरिन्छ, त्यो एउटा महान व्यक्तिले दान गरेको हुन्छ ।

आँखा दान कस्ता व्यक्तिहरुले गर्न सक्छन :–

– कुनै पनि जात–जाति ,धर्म वा लिङ्ग तथा उमेर समुहका व्यक्तिहरु
– चश्मा लगाईरने व्यक्तिहरु

– Diabetes Mellitus/ Hypertension/ Asthama भएका व्यक्तिले पनि दान गर्न सक्छन् ।

तर जुन व्यक्तिहरुलाई संक्रामक रोग जस्तै AIDS/ Hepatitis B and C/ Rabies / Tetanus/Acute Leukemia आदि लागेको भएमा आँखा दान गर्न सकिदैन ।

दान गरेको आँखा कस्ता व्यक्तिलाई प्रत्यारोपन गर्न सकिन्छ ?

निम्न आँखाको रोग लागि अन्धा भएको व्यक्तिलाई आँखा प्रत्यारोपन गर्नसकिन्छ ।

– Adherent Leucoma (कालो नानिमा फुलो परेको)

– Bullous Keratopathy

– Keratoconus

– Healed Corneal Ulcer

– Corneal Dystrophies and Degenerations

आँखा दानका केही सत्य तथ्यहरु

१) कुनै पनि व्यक्तिले कुनै पनि उमेर समुहमा आफनो मृत्यु पश्चात आफनो आँखा दानको लागि निवेदन दिन सक्छन ।

२) आँखा मृत्यु भएको ६ घन्टा भित्र निकालेको हुनुपर्छ ।

३) आँखा दानले दुइजना अन्धो व्यक्तिहरु अन्धोपनबाट मुक्त गर्छ । अर्थात, एउछा आँखा एउटा अन्धो व्यक्तिमा प्रत्यारोपन गरिन्छ ।

४) आँखाहरुलाई आँखा बैङकमा जम्मा गरिन्छ ।

आँखा बैङक

आँखा बैङक भनेको एउटा समाजिक संस्था हो, जुन संस्थाले आँखाको सङ्कलन, भण्डारन र वितारण गर्ने गर्छ।
नेपालको तथ्यङका अनुसार ६३००० व्यक्तिहरुले हाल सम्मा आँखा दानको लागि नेपाल आँखा बैङकमा आवेदन दिइसकेका छन्। र आजसम्म ११००० जना व्यक्तिहरुलाई आँखा प्रत्यारोपन गरि सकिएका छन् ।

हालैको एउटा सर्वेक्षण अनुसार विश्वमा जुन व्यक्तिहरु अन्धो छन वा अन्धो हुन गइरहेका छन्, उनीहरुको लागि आँखा दान गर्ने व्यक्तिहरु भई दिए त्यस मध्ये अधिकाशले आँखा देख्न सक्नेछन् । जसमा ६० % जति १२ पर्ष मुनिका बच्चाहरु छन । जुन बच्चाहरुले अहिले पनि संसार हेर्न बाँकि नै छ । त्यसैले आँखा दानलाई धेरै महत्वको साथ प्रोत्साहन दिनु पर्छ । र धेरै भन्दा धेरै आँखा दान गर्न प्रेरित गर्नुपर्छ र यो एउटा असल तथा मुल्यवान समाजिक कार्य पनि हुन आउँछ । आँखा दान गर्ने व्यक्ति आफनो मृत्यु पश्चात पनि अर्काको आँखामा जिवित रहेको हुन्छन । त्यसैले मात्र चाहना छोडेर संसारलाई नजानुस – छोडनु नै छ भने दृष्टि छोडनु ।