पाँचथरमा २ करोडभन्दा बढी राजश्व संकलन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

पाँचथरमा २ करोडभन्दा बढी राजश्व संकलन


यलम्वर टाइम्स
१० श्रावण २०७३, सोमबार ११:०३

पाँचथर / आर्थिक वर्ष २०७२/७३ मा जिल्ला प्रशासन कार्यालय पाँचथरले २ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

downloadकार्यालयको कार्यसम्पादन गर्ने क्रममा विभिन्न शीर्षकबाट २ करोड ९७ लाख ८४ हजार ३० रुपैंयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

संकलित राजश्वमध्ये सबैभन्दा बढी राहदानी सिफारिसबाट मात्र २ करोड ९३ लाख ८७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसपछि संस्था दर्ता तथा नविकरणबाट २ लाख ४६ हजार ५ सय र प्रशासनिक दण्ड, जरिवानाबाट १ लाख ५० रुपैंया संकलन भएको हो ।

त्यस्तै हातहतियार दर्ता, नविकरण, लिलाम बिक्री परिक्षा दस्तुर, न्यायिक शुल्क दण्डा जरिवाना, बेरुजु, बोलपत्र दस्तुर र अन्य राजश्व गरी कूल २ करोड ९७ लाख ८४ हजार ३० रुपैंयाँ राजश्व संकलन भएको हो । आर्थिक वर्ष २०७१/७२ मा कार्यालयले कूल ३ करोड १३ लाख ५१ हजार १ सय ९५ रुपैंयाँ राजश्व संकलन गर्न सफल भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा प्रशासनले २ सय ३७ वटा हराएको र ५ हजार ४ सय ४ वटा नयाँ गरी कूल ५ हजार ६ सय ४१ वटा राहदानी सिफारिस गरेको थियो । त्यस्तै ६ हजार ६ सय ६८ वटा नागरिक्ता वितरण गरेको छ । जसमध्ये २ हजार ७ सय ३० वटा प्रतिलिपि र ३ हजार ९ सय ३८ वटा नयाँ रहेको जनाइएको छ ।

त्यस्तै गएको आर्थिक वर्षमै जिल्ला प्रशासन कार्यालयले दैवी प्रकोप विपदमा परेका ६८ परिवारलाई ३ लाख ५३ हजार राहत वितरण गरेको छ । त्यस्तै जिल्लामा १ सय ४८ आपराधिक घटना घटेको र जिल्लाका ३ सय २१ बजार पसलमा अनुगमन गरी आवस्यक कारबाही गरिएको कार्यालयले जनाएको छ ।