हेंवा ‘ए’ हाइड्रोको शेयर खुलाउन माग « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

हेंवा ‘ए’ हाइड्रोको शेयर खुलाउन माग


यलम्वर टाइम्स
११ श्रावण २०७३, मंगलवार ११:०४

सन्देश सुब्बा 

पाँचथर / जिल्लाको भारपा र याङ्नाम गाविसको सीमाना हुँदै बग्ने हेंवा खोलामा निर्माणधिन हेंवा ‘ए’ जलविधुत परियोजनाको शेयर खुलाउँन स्थानीयले माग गरेका छन् ।hdr (Copy)
आयोजना प्रत्यक्ष प्रभावित भारपा, याङ्नाम, नांगीन गाविस र फिदिम नगरपालिकाका स्थानीयले आयोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीसँग शेयर खुलाउँन माग गरेका हुन् ।

हाइड्रो पावर कम्पनीको नियम अनुसार प्रभावित क्षेत्रका स्थानीयको लागि १० प्रतिशत शेयर निष्काशन गर्नुपर्ने नियम भए पनि कम्पनीले हालसम्म पनि शेयर नखुलाएको नांगीन–१ का मेरा सुन्दर जवेगुले बताए ।
त्यस्तै परियोजनाको काम अन्तिम चरणमा पुग्दा पनि कम्पनीले शेयर खुलाउँने बारे प्रक्रिया अगाडि नबढाएको भन्दै भारपाका जयप्रसाद रिजालले पाँचथर पावर कम्पनीसँग रोष प्रकट गरे ।

रिजालका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयले पटक–पटक कुरा उठाउँदा पनि कम्पनीले शेयर खुलाउँन अटेर गर्दै आएको छ । अझै पनि शेयर खुलाउँन अटेर गरे कम्पनी विरुद्ध संघर्षमा उत्रिने समेत रिजालले चेतावनी दिए ।
यता कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले भने कम्पनीलाई पव्लिक लिमिटेड बनाएपछि मात्र शेयर खुलाउँने बताएका छन् । त्यसको लागि समय लाग्ने ढुंगानाको भनाई छ । उनले स्थानीयबासीले भने जस्तो शेयर खुलाउँन कम्पनीले षडयन्त्र गरिरहेको भन्ने आरोप गलत भएको समेत स्पष्ट पारे ।

१४ दशमलव ९ मेगावट विद्युत उत्पादन गर्ने उक्त परियोजनाको निर्माण कार्य २ अर्ब १६ करोडका लागतमा भइरहेको छ ।