युरोपियन युनियनको टोली जनमुक्तिको कार्यालयमा, पैसाको चलखेल भएको कारण मुख्य मुद्दा ओझेलमा « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

युरोपियन युनियनको टोली जनमुक्तिको कार्यालयमा, पैसाको चलखेल भएको कारण मुख्य मुद्दा ओझेलमा


यलम्वर टाइम्स
१७ मंसिर २०७४, आईतवार ०५:०७

अर्जुनधारा । प्रचारको महाअभियानमा जुटेर हिंड्न आटेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार तथा जिल्ला नेताहरुलाई कार्यालयमै भेटेर युरोपियन युनियनले प्रश्न तेर्सायो –‘तपाईहरु जनतामाँझ कसरी जाँदै हुनुहुनन्छ ?’

त्यही भेटमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश तर्फका समानुपातिक उम्मेद्वार मीना पन्धाकले भनिन् –‘हामीसँग पैसा छैन, विचार छ । अरु दलका ठूला नेताहरु तामझामका साथ महंगो गाडीमा दौडन्छन् । हामी सानो र पुरानो मारुती भेनमा हिंड्छौं । हुन त ठूला दलका नेताहरु पुग्ने पनि तिनै गाउँका जनता कहाँ हुन्, हामी पनि जनताकैमा ।’

यसोभन्दा युरोपियन युनियन अनुगमन समितिका सदस्य मिस मनिका आफ्ना सहयोगी दोभाषे रोशन श्रेष्ठसँग आश्चर्य चकित हुँदै दोभाषे रोशन मार्फत पुनः प्रश्न गर्न लगाइन् –‘त्यसो हो भने ठूला दलले प्रचुर खर्च गरेर जनता कहाँ पुगेका छन् त ?’ त्यतिकैमा झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार तथा पार्टी अध्यक्ष पर्शुराम थापाले जवाफ दिए । निर्वाचन आयोगले यति बिग्न खर्च गर्ने परिपार्टी सृजना गरिदिएको हुँदा ठूला दलका नेताले अथाह खर्च गरेर हिंडेका छन् । निर्वाचन आयोगले आचारसंहिता बनाउँदा एउटा सांसदले निर्वाचनमा ५ लाखभन्दा बढी खर्च नगर्ने नियम बनाईदिएको भए आज यो तामझाम हुने थिएन । गाडी घोडा यसरी कुदाउने थिएनन् ।’

त्यतिकैमा अर्का टोली मिस्टर ईकोले तपाईहरुको मुख्य मुद्दा चाहीँ के हो ? त्यसको सहज उत्तर दिँदै उपाध्यक्ष मीना पन्धाकले भनिन् –‘यो देशका सबै जाति, वर्गलाई राज्यको हरेक निकायमा समान सहभागिता, जनताले चाहेको जस्तो संघीय राज्य अनि युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था हुन् । त्यति मात्र होइन, भ्रष्टाचारीलाई मृत्यु पर्यान्त जेल सजायको व्यवस्था ।’ पन्धाकले यस्ता मुद्दा उठाएर हिंडेको हुँदा मिडियाले पनि हाम्रो कुरा उठाउन कन्जुस्याँई गरेको छ बताइन् । मिस मनिकाको चुनावमा पनि आर्थिक चलखेल भइरहेको छ त ? भन्ने प्रश्नमा अध्यक्ष थापाले एक उम्मेद्वार बराबर लाखौं खर्च गरिरहेका छन् । सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाएर मत आफ्नो पक्षमा पारिरहेका छन् । २६ वर्ष अगाडि हाम्रो पार्टीको जन्म भयो । कोही कसैसँग चन्दा चपेटा नमागी शुद्ध कार्यकर्ताको बलमा चुनाव लड्दै आएका छौं । र यो पटक पनि त्यही नीति बनाएर जनताको घरआँगनमा पुगेका छौं ।

युनियनका टोलीले पुनः प्रश्न गरे –‘महिलाको प्राथमिकता कस्तो छ ?’ उम्मेद्वार पन्धाकले त्यसको सहज जवाफ दिँदै –‘यो पार्टीको अवधारणामै ५० प्रतिशत महिला हरेक निकायमा सुरक्षित हुनुपर्छ भन्दै आएको छ । हरेक संघसंस्थामा पार्टीबाट प्रतिनिधित्व गर्नका लागि महिलालाई नै पठाउने गरेका छौं । यस पटकको चुनावमा ६८ राजनीतिक दल मध्ये हाम्रै पार्टीले नै सबैभन्दा बढी महिलालाई नै पठाएका छौं । क्षेत्र नं. २ को सवालमा हेर्ने हो भने पार्टीले प्रदेश सभा ‘क’को ठाउँमा निर्मला एक्तेन, प्रदेश सभा समानुपातिकमा आफैले पनि उम्मेद्वारी दिएको जानकारी गराइन् ।

त्यसो भनिरहँदा मिस मनिका मुसुक्क हाँस्दै अझ जिज्ञासु हुँदै पुनः प्रश्न गरिन् –‘यो पार्टीले देशभरी उम्मेद्वार उठाएको छ त ?’ अध्यक्ष थापाले भने –‘अवश्य ।’ थापाले युनियनका प्रतिनिधिलाई अनुरोध गर्दै भने अझै पनि मतदाता शिक्षा गाउँसम्म पुगेको छैन । ठूला दलका केही उम्मेद्वारहरु आर्थिक चलखेलमा कुदै गरेको देखिन्छ । महंगा–महंगा पोष्टर, पम्प्लेट, बजारभरी झण्डा भएको हुँदा त्यसलाई राम्रो अनुगमन गरी आउने दिनलाई सजक अपनाउन अनुरोध गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर कार्यालयमा बिहान ९ बजे भएको भेटघाट तथा अन्तरक्रियामा पार्टीका लिम्बूवान सचिव कृष्णकुमार थेवे, महिला नेतृ पार्वता माङ्मु, नगर अध्यक्ष दिलीप राई, नगर सचिव भूपाल राना, जिल्ला सचिव पदम कन्दङ्वा, पूर्व विद्यार्थी नेता चन्द्र लाफा लगायत उपस्थित रहेका थिए ।

करिब १ घण्टासम्म भएको छलफलमा ‘यो पार्टी चुनाव लड्दै शान्तिपूर्ण ढंगबाट यहाँसम्म आईपुगेको राजनीतिक दल हो । यसले उठाएका मुद्दा केही हदसम्म कार्यान्वयन हुँदै जाँदैछ र केही मुद्दा पाखा लगाएर यहाँका शासकले एकलौटी राज गरिरहेको जस्तो हामीले बुझेका छौं । एक दिन बुझाएरै छाड्छौं । त्यो हिसाबले हामी वैकल्पिक शक्ति भएर उभिएका छौं’ लिम्बूवानका सचिव कृष्णकुमार थेवेले यसो भनेपछि युनियनका टोलीले गम्भीर र चासो पूर्ण लिएका थिए ।

उक्त टोलीले पाँचथर जिल्लाको अनुगमन गरिसकेपछि झापा आएको बताएका थिए । शनिबार नै उनीहरु अन्य राजनीतिक दलसँग पनि अन्तरक्रिया गर्ने भएको टोलीमा सहभागि शिव महतले जानकारी दिए । टोलीमा रहेकी मिस मनिका स्वीजरल्याण्डबाट र मिस्टर ईको फ्रान्सबाट युनियनमार्फत खटिएका हुन् ।