नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ: प्रम ओली « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ: प्रम ओली


यलम्वर टाइम्स
१६ फाल्गुन २०७४, बुधबार १०:१६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन् ।

उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री परिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु ।

मन्त्री परिषदमा छलफल गरेर निणर्य गर्नेछु’ प्रधानमन्त्री ओलीले भने । रसियाले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा प्रधानमन्त्री ओलीले गरेका छन् ।

भेटमा रसियाका राजदुत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना पठाएको जानकारी दिएका छन् ।