दुबईमा नेपाली माथि चरम श्रम शोषण « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

दुबईमा नेपाली माथि चरम श्रम शोषण


यलम्वर टाइम्स
२७ श्रावण २०७३, बिहीबार ०२:४६

dubai ma kanta bijog_nawaraj bista

काठमाडौँ/ काठमाडौको हिमारब ओभरसिज र एनसिएफ नेपाल मेनपावरद्वारा सेक्युरिटी गार्डका लागि दुबई पठाइएका नेपाली माथि चरम श्रम शोषण गरिएको पाइएको छ ।

दुबइको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने ३५ जना नेपालीलाई तीन महिनादेखि तलब नै नदिइ काममा लगाइएको पीडितहरुले बताएका छन । उनीहरुलाई कम्पनीले १२ घण्टाको १७८१ रियल दिने भनेपनि कम्पनीले ३८७ रियलमात्र दिएको पीडितहरुले बताएका छन् ।

पछिल्लो तीन महिनादेखि खाना खानेसम्म खर्च नदिएको दुबईबाट धनपती पाठकले ब्लाष्टलाई जानकारी दिए । ‘अहिले एउटा कोठामा ४० जना सम्म बस्नु परेको छ’ हामी बिचल्लीमा परेका छौँ पाठकले भने । उनका अनुसार लिडर सेक्युरिटी सर्भिसमा नेपालबाट एक सय जना सेक्युरिटी गार्ड मागेको छ ।

‘नेपालका विभिन्न मेनपावर कम्पनी मार्फत सेक्युरिटी गार्ड ल्याउन खोजिरहेको छ, नेपाली दाजुभाईलाई यो कम्पनीमा नआउन अनुरोध गर्दै छौं’ पाठकले ब्लाष्टलाई भने । उनीहरुले दुबईको लेवर कोर्ट र नेपाली राजदुतावासमा उजुरी समेत गरेका छन् । ‘कमिसनको खेलमा नेपालीलाई बिचल्ली पार्ने कम्पनीलाई कारबाही गर्न हामी नेपाल सरकारसँग आग्रह गर्छौँ’ ।

उनीहरुले आफुहरु घर फर्कन चाहेको बताउँदै घर फर्कने खर्च समेत नभएको बताएका छन् । कम्पनीले पैसा दिएको छैन,हामी घर फर्कन चाहान्छौँ ।’ पाठकले टेलिफोनमा भने ।

हेर्नुस् तस्विर र नेपाली राजदूतलाई लेखिएको निवेदनः

Nepali in Dubai

13663645_1175538732496695_1492918540_o13918489_1175851942465374_1638215655_o

– See more at: http://blastkhabar.com/news/2016/08/02/8689.html#sthash.EG9qjAAM.dpuf