खुदुनाबारी गोल्डकप असोज २० गतेबाट « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

खुदुनाबारी गोल्डकप असोज २० गतेबाट


यलम्वर टाइम्स
९ आश्विन २०७५, मंगलवार ०७:२७

तयारी पूरा भएको आयोजकको भनाई

अर्जुनधारा । खुदुनाबारी क्षेत्रमा खेलकुदको विकास विस्तारसहित प्रस्तावित प्राकृतिक रंगशाला पुरानो कैदले खेल मैदानको स्तरोन्नति गर्ने उद्देश्यका साथ अर्जुनधारा नगरपालिका–३ स्थित च्यारिटी यूथ क्लबले दोस्रो खुदुनाबारी गोल्डकप २०७५ गर्ने भएको छ ।

आगामी असोज २० गतेदेखि २७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी भईसकेको जनाइएको छ ।

प्रतियोगितालाई मर्यादित बनाउन ५१ सदस्य आयोजक कमिटी गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको क्लबका अध्यक्ष दिपक दुलालले बताए ।

गोल्डकप सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको दुलालले बताए ।

क्लबले स्थानीय बृद्धिजिवी, सामाजिक व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

आर्थिक परिचालन समितिको सदस्यमा क्रमशः भोला बराल, याम मगर, धरणीधर खतिवडा चयन भएका छन् ।

सीवाईसी खुदुनाबारी, रेड हर्स क्लब इलाम, चर्च ब्वाईज काठमाण्डौं, रेड स्टार क्लब बिर्तामोड, मुनाल क्लब चन्द्रगढी, न्यु स्टार क्लब खोपवाडी, सैनिक युथ क्लब र बीबीएफसी दमक लगायतका टिमले खुदुनाबारी गोल्डकपमा सहभागिता जनाउने सम्झौता भइसकेको क्लबका खेल संयोजक सुवास राईले बताए ।

अर्जुनधारा नगरपालिका वार्ड.नम्बर–३ का वडा अध्यक्ष जीवनकुमार भण्डारी, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्यप्रसाद कट्टेल, वडा सदस्य होम दुलाल, निर्मला घिमिरे, सामाजिक अगुवा व्यक्तित्व अर्जुन समाल मगर, भोला बराल, बमबहादुर कार्की, हेमबहादुर कार्की, होम लगुन सहित खेलकुद क्षेत्रमा चासो व्यक्तिहरुले अन्तरक्रिया कार्यक्रममा गोल्डकप सफल पार्नका लागि आ–आफ्नो धारणा राखेका थिए ।

गत बर्ष खुदुनाबारी स्थित जनता मा.वि. खेल मैदानमा खुदुनाबारी गोल्डकप २०७४ पहिलो संस्करण आयोजना गरेको थियो । क्लबले उक्त प्रतियोगिता सफल भएपछि दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख रुपैयाँ १ सय ११ र उपबिजेताले ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिव युवराज चापागाईले बताए ।