मिस गुरुङ इन्टरनेशनल सिजन ३ मा १५० बढी सहभागि « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

मिस गुरुङ इन्टरनेशनल सिजन ३ मा १५० बढी सहभागि


यलम्वर टाइम्स
१९ श्रावण २०७६, आईतवार ०८:५९

झापा । मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रालिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण समाप्त भएको छ ।

इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धीहरुले सहभागिता जनाएका छन् ।

भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरणबाट देशैभरिबाट गरि जम्मा ४० योग्य प्रतियोगिलाई अवसर प्रदान गरिने छ ।

छनोट भएका ४० प्रतियोगिलाई १ महिनासम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन् ।

मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्ने छन् । ५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबारको पुरस्कार व्यवस्था गरिएको आयोजक जनाएको छ ।

मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ ।

भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि.एण्ड.बि कि बिधा भट्टराईले जानकारी दिए ।