साहित्यले समाज निर्माण गर्न सकोस् « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

साहित्यले समाज निर्माण गर्न सकोस्


यलम्वर टाइम्स
१० कार्तिक २०७६, आईतवार ०९:३५

अर्जुनधारा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्म जयन्ती मनाइएको छ ।

देवकोटा चोकमा आईतबार ज्येष्ठ नागरिक मिलन समाजले आयोजना गरेको जन्म जयन्ती कार्यक्रममा प्रमुख अतिथि माननीय बृख प्रधानले साहित्यले समाज निर्माण गर्न सक्नु पर्ने बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेख र निबन्धलाई ध्यान दिन सके समाज आफै अगाडि बढ्न सक्ने जनाए ।

विशेष अतिथि नगर प्रमुख हरिकुमार रानाले कला, साहित्य र संस्कृति बिनाको राष्ट्र समृद्ध हुन नसक्ने बताउँदै यसको संरक्षण र सम्बद्र्धन गर्न नगर पछि नहट्ने बताए ।

कार्यक्रममा यस क्षेत्रका साहित्य तथा गीतकार विष्णु भट्टराई, हस्त परियारलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा युवा सहित्यकार कृष्ण धराबासी, सरोज ओली, पुण्य बराल, नवल फाईवाली, कमल गुरागाईं, युवा साहित्यकार कुमार भट्टराई, दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।

ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी इङ्नामले गरेको सचिव नरेन्द्र तिम्सिनाले बताए ।

कार्यक्रममा पत्रकार इन्द्र राई, पुण्य बराल लगायतले कविता वाचन गरेका थिए भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन गायक हरि काफ्लेले वाचन गरेका थिए ।