प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सभापोखरी, टेम्के, बिर्तामोड र रामप्रसाद राई क्वाटरफाईनलमा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सभापोखरी, टेम्के, बिर्तामोड र रामप्रसाद राई क्वाटरफाईनलमा


यलम्वर टाइम्स
१७ पुष २०७६, बिहीबार ०६:४७

शरणामती । झापा गाउँपालिका–६ स्थित शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेम्के मयुङ गाउँपालिकाले आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन् ।

बुधबार भएको पहिलो खेलमा सभापोखरीले झापाको कनकाई नगरपालिकालाई २५—१४, २५—१९ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने कनकाई नगरपालिकाका सरोज चम्लगाईं भए । उनले नगद एक हजार रुपैँयासहित ट्रफि प्राप्त गरे ।

बुधवार भएको दोस्रो खेलमा भोजपुरको टेम्के मयुङ गाउँपालिकाले झापाको मेचीनगरलाई बेष्ट अफ फाइभको प्रतिस्पर्धामा हराएको छ ।

रोमाञ्चक रहेको खेलमा पहिलो दुई सेट मेचीनगरले जितेर पनि पछिल्ला तीन सेटमा लगातार पराजित हुँदा क्वाटर फाइन प्रवेशमा रोक लागेको हो ।

मेचीनगरले २५—१७ र २५—१५ मा दुई सेट जित्दा त्यसपछिका तीन सेट टेम्केले २५—१५, २५—१६ र १५—९ ले जित्दै जित आफ्नो पक्षमा पारेको थियो । दोस्रो खेलको उत्कृष्ट खेलाडी मेचीनगरका रोमान्स राई भए ।

तेस्रो खेलमा भद्रपुरलाई सोझो सेटमा हराउदै रामप्रसाद राई गाउँपालिका बिजयी भएको छ ।

रामप्रसाद राई गाउँपालिकाले भद्रपुरलाई २३—२५, २२—२५ र २०—२५ ले हराएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका लिब्रो पारस शर्मा भए ।

बुधवारको अन्तिम खेलमा भने झापा बिर्तामोडले रोमांचक जित निकालेको छ । बिर्तामोडले भोजपुरको आमचोक गाउँपालिकालाई बेष्ट अफ फाइभमा हराएको छ ।

आमचोकले दुई सेट २१—१५र १९—२५ ले जित्दा बिर्तामोडले पनि १५—२५, २१—२५ र अन्तिम सेट १५—१३ ले जित्दै बिजयी बनेको हो ।

प्रतियोगिताको म्यान अफ द म्याच बिर्तामोडका रोषन डाँगी भएको आयोजक समितिका सागरकिरण भट्टराईले बताए ।
बिहीवार समेत सधाझै नियमित ४ खेल हुने खेल रेफ्री राजु पाठकले जानकारी दिएका छन् ।

बिहीवार (आज) झापाको दमक नगरपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाबीच पहिलो खेल बिहान ८ बजे यसैगरि दोस्रो भोजपुरकै रामप्रसाद राई र सभापोखरी गाउँपालिका बिच तेस्रो खेल भोजपुरकै टेम्के मैयुङ र झापाको बिर्तामोड र अन्तिम खेल आयोजक झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बताए । प्रतियोगितामा प्रदेश नम्बर १ का २२ पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११, ७१ हजार १११, २१ हजार १११ र सान्तवना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन् ।

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउदा सर्वोकृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने छ ।