आस्थालाई चार दिनसम्म हिरासतमा राखिने « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

आस्थालाई चार दिनसम्म हिरासतमा राखिने


यलम्वर टाइम्स
१३ माघ २०७६, सोमबार ०९:५३

काठमाडौं । एयरपोर्टमा प्रहरीले अभद्र व्यवहार गरेको भनी गाली गलौज गरि विवादमा आएकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

गायिका राउत नेपाल प्रवेश गर्ने वित्तिकै प्रहरीले हिरासतमा लिने भन्ने चर्चा चलेपछि स्वदेश फर्कन साथ उनी आफै प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।