सुखानी गोल्डकप आकर्षक, ताप्लेजुङ अन्तिम चारमा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सुखानी गोल्डकप आकर्षक, ताप्लेजुङ अन्तिम चारमा


यलम्वर टाइम्स
२६ फाल्गुन २०७६, सोमबार १२:४२

खरबन्दी । फागुन २१ गतेबाट जारी सुखानी शहीद स्मृति गोल्डकप प्रदेश नम्वर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) भएको खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीलाई शुन्यका विरुद्ध २ गोल गर्दै कर्णसिंह सोनाम फुटबल क्बल ताप्लेजुङ अन्तिम चारमा प्रवेश गरिएको छ ।

२०७२ सालबाट अर्जुनधाराको सालबारीमा प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको सोमबार भएको खेलमा माण्उट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीलाई कर्णसिंह सोनाम फुटबलकी जर्सी नं. ९ कि सुष्मा खातीले दुई गोल गरेकी थिइन् ।

खेल सुरु भएको ३४ औं मिनेटमा खातीले गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी थिइन् । खेलको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खातीले टिमको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।

प्रतियोगताको वुमन अफ द म्याच कर्णसिंह सोनामकी सुस्मा खातीलाई प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष अर्जुन राईले ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।

आकर्षक ढंगबाट भइरहको खेलमा दर्शकहरुको बाक्लै उपस्थिति रहेको प्रदेश सांसद बृख प्रधानले बताए ।

आजको खेलको समापन कार्यक्रममा प्रमुख अतिथि राईले शहीदहरुको मान, सम्मान मात्र नभइ महिला खेलाडीहरुको हौसला प्रदान गर्न प्रत्येक वर्ष खेल सञ्चालन गर्दै आएको बताए ।

भोली २७ गते कनकाई नगर खेलकुद विकास समिति र लेटाङ फुटबल क्लबबीच खेल हुने आयोजकका पुष्प तिवारीले यलम्वर टाइम्सलाई बताए ।

अर्जुनधारा–९ खरबन्दी स्थित नमूना खेल मैदानमा हुँदै आएको खेल ३० गते समापन हुने छ । खेलको प्रथम पुरस्कार १ लाख २५ हजार र दोस्रो पुरस्कार ७५ हजार रहेको छ ।

प्रतियोगितामा पाँचथर, धनकुटा, उदयपुर, तेह्रथुम लगायत १० वटा टिमको सहभागिता रहेको छ ।