ग्यालेक्सीका उमेश बने नेपाल च्याम्पियन, प्रतियोगितामा ग्यालेक्सीको ह्याट्रिक « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

ग्यालेक्सीका उमेश बने नेपाल च्याम्पियन, प्रतियोगितामा ग्यालेक्सीको ह्याट्रिक


यलम्वर टाइम्स
२ चैत्र २०७६, आईतवार ११:१४

धरान । झापाको बिर्तामोडमा सञ्चालित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राई (जीवन) तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् ।

शनिबार राति धरान ८ स्थित सभागृहमा भएको प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुँदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् ।

प्रतियोगितामा उनी ७५ प्लस केजी तौल समुहबाट भिडेका थिए । उपाधिसँगै उनले २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

यो सँगै नेपाल च्याम्पियनको ३ वटै सँस्करणमा ग्यालेक्सी फिटनेसका खेलाडीले उपाधि जितेर ह्याट्रिक गरेको छ ।

प्रतियोगितामा फिटनेस दाङ, रूपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोस्रो भए भने वलभैरव जिम ललितपुरका विनोद सुनार तेस्रो भए ।

७५ केजी तौलबाट भिडेका कृष्णले नगद १ लाख हात पारे भने ७० केजी तौलबाट भिडेका विनोदले ५० हजार पाए ।

यसैगरी, ६५ केजी तौल समुहमा भिडेका फिनिक्स फिटशाला मनोज सुवेदी चौथो भए । उनले नगद ४० हजार पाए भने ५५ केजी तौलबाट भिडेका ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पाँचौ भए । उनले नगद ३० हजार हात पारे ।

यस्तै, ६० केजी तौल समुहबाट भिडेका एरो फिट्नेस, दमकका मदनकुमार योङहाङ छैटौं भए । उनले नगद २५ हजार हात पारे ।

मस्ट इम्प्रुभिङ खेलाडीको पुरस्कार ५५ केजी तौल समुहबाट भिडेका प्रविण श्रेष्ठ हात पारे । उनले नगद ५ हजार पाए ।

बेस्ट पोजर ६५ केजीबाट भिडेका खेलाडी बिजेन्द्रमान श्रेष्ठ जिते भने ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डर पुरस्कार पाए ।

प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीहरु ओभरअल राउण्डमा उपाधिको लागि भिडेका थिए । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ माथि तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

एलाइनेट जिमले आयोजना गरेको प्रतियोगिताका विजेताहरूलाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार वितरण गरेका थिए ।