जनमुक्ति मञ्च साइप्रसमा आधा दर्जन बढी प्रवेश « Yalambar Times
२ बैशाख २०८१, आईतवार

जनमुक्ति मञ्च साइप्रसमा आधा दर्जन बढी प्रवेश


यलम्वर टाइम्स
९ श्रावण २०७७, शुक्रबार १२:३०

साइप्रस । राष्ट्रिय जनमुक्ति पार्टी निकट जनमुक्ति मञ्च साइप्रसमा विभिन्न पार्टी परित्याग गरि आधा दर्जन बढी प्रवेश गरेका छन् ।

मुलुकमा राजनीतिक किचलो बढ्दै गएको बेला राष्ट्रिय जनमुक्ति पार्टीले उठाएको एजेण्डा सही भएको बताउँदै पार्टी प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहरुमा सुरेन्द्र राई, शीला कुँवर, प्रदिप मगर, प्रमिला बस्नेत, निलम राई, बिमला गुरुङ लगायत रहेका छन् ।

साइप्रसको लर्नाकमा आयोजित कार्यक्रममा आगन्तुकहरुलाई जनमुक्ति मञ्च साइप्रसकी अध्यक्ष तारा चाम्लिङ राईले खदा ओढाई पार्टी प्रवेश गराएकी थिइन् ।

कार्यक्रमको सञ्चालन महासचिव निशान पुन मगरले गरेका थिए ।