खुदुनाबारीमा किरात राई यायोक्खा गठन, उभौली पर्व (बैशाखे पूर्णे) मनाउने तयारी « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

खुदुनाबारीमा किरात राई यायोक्खा गठन, उभौली पर्व (बैशाखे पूर्णे) मनाउने तयारी


यलम्वर टाइम्स
१९ पुष २०७७, आईतवार ०९:०७

कैदले । लामो समयपछि खुदुनाबारीका राई समुदायहरु संगठित हुन पुगेका छन् । अर्जुनधारा वडा नं. ३ मा एक सय २५ घरधुरी राईहरुको बसोबास भएको हुँदा भाषा, धर्म, संस्कृति र लिपीलाई प्राथमिकताका साथ ग्रहण गर्नका लागि संगठित भएका हुन् ।

वडा नं. ३ मा खुदुनाबारी गाविस रहँदा वडा नं. ६, ७, ८ र ९ रहेको थियो । शनिबार यस क्षेत्रका राईहरु फाल्गुनन्द कैदले वन बाटिकामा भेला भई वडा समिति गठन गरेको थियो ।

भेलाले समितिको अध्यक्षमा युवा समाजसेवी सुवास चाम्लिङ राईलाई चुनेको थियो । समितिको उपाध्यक्षमा सुमन्ता साम्पाङ राई, सचिवमा निर्मला बान्तवा राई, सहसचिवमा सुसिला साम्पाङ राई र कोषाध्यक्षमा मिना बान्तवा राई चयन भएका छन् ।

यस्तै, माया चाम्लिङ राई, सविन याम्फु राई, मनोज बान्तवा राई, दिलिप साम्पाङ राई, ध्रुव खालिङ राई, तेजमाया मुकारुङ राई, श्यामबहादुर माङपाङ राई र तेजबहादुर बान्तवा राई वडा समितिको सदस्यमा रहेका छन् ।

सोही समितिको सल्लाहकारमा खड्गबहादुर बोखिम राई, झलक याम्फु राई, सरस्वती मुकारुङ राई, शिव चाम्लिङ राई र पर्शुराम मेवाहाङ राई रहेका छन् ।

सल्लाहकार झलक याम्फु राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भरतसिंह राई, अर्जुनधारा यायोक्खाका उपाध्यक्ष क्या. शिवकुमार राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी लगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई यलम्वर टाइम्सका सम्पादक तथा यायोक्खा जिल्ला सल्लाहकार दिपिन राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

समितिले सोही दिन बैठक बसी सुम्निमा पारुहाङको पवित्र मन्दिरलाई सरसफाई गरि आउने दिनमा साकेला नृत्य स्थानका लागि थान निर्माण गर्ने बैशाखे उभौली पर्वलाई भव्य रुपमा मनाएर जाने भएको अध्यक्ष सुवास राईले यलम्वर टाइम्सलाई बताए ।