प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा पूर्णकुमार र सचिवमा गणेश « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा पूर्णकुमार र सचिवमा गणेश


यलम्वर टाइम्स
२ फाल्गुन २०७७, आईतवार ११:२१

कतार । कतारको लेबर सिटीमा रहेका प्रवासी नेपाली एकता मञ्चको भेलाले पूर्णकुमार योङहाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ ।

प्रवासी नेपाली एकता मञ्च कतारको मातहतमा सङ्गठन निर्माणको कार्यमा नगर कमिटी नम्बर–६ (लेबर सिटी) गठन भएको प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेलले बताए ।

अध्यक्ष पोखरेलले नवगठित समितिलाई कार्य सफलताको शुभकामना पनि दिएका थिए । नेकपा मजदुरको पार्टी भएकोले मजदुरहरूलाई सङ्गठित गर्दै पार्टीलाई मजबुत बनाउँदै लैजाने प्रयास स्वरूप यो इकाई गठन गरिएको अध्यक्ष पोखरेलले बताए ।

नयाँ इकाई कार्यसमितिको अध्यक्षमा पूर्णकुमार योङहाङ, सचिव गणेश दुलाल रहेका छन् भने सदस्यहरूमा दावा छिरिङ तामाङ, योगेन्द्र कट्टेल, पुष्पबहादुर बुढाथोकी, दिलबहादुर भट्टराई, हेम दोर्जे तामाङ, जितु नेपाल, हरिबहादुर नेपाल, तोयाराज खतिवडा, श्री कुमार राई, दाताराम चौधरी, सुमन महत, टेकनाथ खत्री, अमृत दमाई, भुरण शाह र शुक्र लिम्बु रहेको कुरा समेत प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलले बताए ।