लाल सलाम भन्दै मदन र आश्रितलाई सम्झे « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

लाल सलाम भन्दै मदन र आश्रितलाई सम्झे


यलम्वर टाइम्स
३ जेष्ठ २०७८, सोमबार ०६:५६

[गणेश थापा]

अर्जुनधारा । कम्युनिष्ट आन्दोलनका धरोहर तथा मार्ग निर्देशक मदन भण्डारीको २९ औं स्मृति दिवस मनाइएको छ ।

सोमबार अर्जुनधारा–४ मिलडाँडा स्थित कम्रेड मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गर्दै कम्रेड भण्डारीले देखाएको मार्गमा पार्टी अगाडि बढे नेपाली जनताले सुख र शान्ति प्राप्त गर्ने बताए ।

अर्जुनधारा क्षेत्रका कम्युनिष्ट योद्धाहरुको उपस्थितिमा २९ औं स्मृति दिवस मनाइएको थियो ।

अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य देवी बरालको प्रमुख आतिथ्यमा सम्पन्न स्मृति दिवसमा ओली पक्षबाट गठित नगर कमिटीका अध्यक्ष कमल गुरागाईले कम्रेड मदन भण्डारी र जीवराज आश्रितले नेपाल कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा भोला परियार, लोकनाथ गौतम, नरेन्द्रप्रसाद दाहाल, धर्मानन्द गुरागाई, रोशन बस्नेत, मोहन खतिवडा, गजेन्द्र कटुवाल, शिवशंकर रिजाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने एकदेव खनालले गरेका थिए ।