अर्जुनधारामा जेठ १४ गतेबाट निःशुल्क एन्टिजेन्ट परीक्षण गरिने « Yalambar Times
१ बैशाख २०८१, शनिबार

अर्जुनधारामा जेठ १४ गतेबाट निःशुल्क एन्टिजेन्ट परीक्षण गरिने


यलम्वर टाइम्स
१३ जेष्ठ २०७८, बिहीबार १२:१२

अर्जुनधारा । कोरोना संक्रमणले अर्जुनधारालाई भयवित बनाउँदै आएको बेला त्यसको रोकथामको लागि अर्जुनधारा नगरपालिकाले भोली १४ गते निःशुल्क एन्टिजेन्ट परीक्षण गर्ने भएको छ ।

कोरोनाको दोस्रो भेरियन्ट प्रवेशसँगै अर्जुनधारा नगरपालिकामा मात्र ४ सय बढीलाई कोरोना देखापरेको छ भने ६ भन्दा बढीको मृत्यु भइसकेको छ ।

भयवित अवस्थालाई अन्त्य गर्न र संक्रमण फैलनबाट रोक्नका लागि अर्जुनधारा नगरले जेठ १४ गतेबाट पहिलो पटक वडा नं. ४, ५ र ७ का लक्षण देखापरेकाहरुका लागि निःशुल्क एन्टिजेन्ट परीक्षण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।

स्वास्थ्य शाखाले वडालाई जानकारी दिएसँगै वडा नं. ७ का वडा सदस्य ऐतराज नेम्वाङ र देवकुमार राई विरामी भएका घरआँगनमा निःशुल्क एन्टिजेन्ट परीक्षणको सेवा लिन नछुट्नु होला भन्दै हिंडेका छन् ।

स्वास्थ्य शाखाले ज्वरो, रुघाखोकी, हात–खुट्टा कटकट खाने, जीउ दुख्ने जस्ता लक्षण देखिएका र कोरोना पुष्टि भएका घरपरिवारमा सामान्य बिरामी भए त्यस्ताका लागि निःशुल्क परीक्षण गर्न लागिएको जनाएको छ ।

शाखाका अनुसार उक्त परीक्षण अर्जुनधारा वडा नं. ४ को स्वास्थ्य चौकीमा गरिने छ भने क्रमशः अन्य वडामा सेवा प्रदान गरिने छ ।