इलामको माई नपामा कोरोनाबाट ज्यान गुमाउनेका संख्या ८ पुग्यो « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

इलामको माई नपामा कोरोनाबाट ज्यान गुमाउनेका संख्या ८ पुग्यो


यलम्वर टाइम्स
१३ भाद्र २०७८, आईतवार १०:५३

[बीरु पापो]

दानाबारी । इलामको माई नगरपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

बुधबार माई नगरपालिका वडा नं. १ की ६८ वर्षीय एक महिलाको कोरोनाका कारण निधन भएसँगै कोभिडबाट ज्यान गुमाउनेका संख्या ८ पुगेको हो ।

माई वडा १ की सुनरुपा राईलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि झापाको बिर्तामोड स्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको थियो ।

उपचार पश्चात घर फर्किएकी राईको सोही दिन निधन भएको दानाबारी स्वास्थ्य चौकीका प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

हालसम्म माई नगरपालिकामा कोरोनाका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्यकर्मी कट्टेलका अनुसार स्थानीय नागरिकहरुले सावधानी नअपनाउदा गाउँ–गाउँमा संक्रमितको बढ्दै गएको छ ।