अर्जुनधारा डटकमका सञ्चालक खरेललाई पितृशोक « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा डटकमका सञ्चालक खरेललाई पितृशोक


यलम्वर टाइम्स
२२ भाद्र २०७८, मंगलवार १२:०४

अर्जुनधारा । विगत ३ वर्ष अघिबाट सञ्चालित अर्जुनधारा डटकम खबरका सञ्चालक सागर खरेललाई पितृशोक परेको छ ।

सञ्चालक खरेलको पुजनीय पिता प्रेमप्रसाद खरेलको गए राती ८ः१५ मा भएको निधनले पितृशोक परेको हो । ६६ वर्षका खरेल दमका रोगबाट पीडित थिए ।

राजधानी लगायत देशका विभिन्न अस्पतालमा उपचार गरी घरैमा स्वास्थ्य लाभ लिइरहेका प्रेमप्रसाद निजी निवास तुतबारी पूर्व नयाँ प्लटिङमा सोमबार निधन भएको थियो ।

उनको मंगलबार दाहसंस्कार गरिएको छ । श्रीमती, दुई भाई छोरामध्ये सागर जेठा छोरा हुन् । पत्रकारितामा रुचि राख्दै अगाडि बढेका सागर अर्जुनधारामा रहेर डिजिटल मिडिया अर्जुनधारा डटकम सञ्चालन गर्दै आएका छन् ।

उनी चलचित्र निर्माण क्षेत्रको प्राविधिक पक्षमा पनि काम गर्दै सहायकको भूमिका निर्वाह गरिसकेका छन् ।

क्षमतावान युवा सागर यस अघि अर्जुनधारा जेसीजमा पनि बसेर काम गरिसकेका छन् ।