बजार अनुगमन गर « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

बजार अनुगमन गर


यलम्वर टाइम्स
९ आश्विन २०७८, शनिबार ०८:५७

कोरोना त्रासले थलिएको हाम्रो समाज नजिकिदो चाडवाडसँगै मिसावट र म्याद जुग्रिएको उपभोग्य सामान बजारमा देखिएको हुँदा अनुगमन जरुरी रहेको सचेत नागरिकले चासो देखाएका छन् । मिसावट र विषादीयुक्त सामग्रीको त कुरै छाडौं सामान्य सब्जीमा प्रयोग गर्ने बेसार, मसला जस्तो उपभोग्य वस्तुमा मिसावट देखिएको बताइएको छ ।

बजारमा मिसावटले हैरान पारेको चर्चा सधैं खरिदमा मनपरी असुल्ने गरेको पनि गुनासो छ । सामान्य जस्तो लाग्छ त्यही तेलको (पोका) आधा लिटरको रु १२५ हुन्छ भने त्यसैलाई बजारमै कसैले रु. १३० देखि रु. १३५ सम्म लिने गरेको भेटिन्छ । म्याद गुज्रिएको न्यूट्रेला, चिउरा, दलमोट, मसला, सोडा, मैदा लगायत छ्याप्छ्याप्ती रहेको देखिन्छ । यसो भनिरहँदा स्थानीय सरकार र जिल्ला प्रशासनले दिएको निर्देश र ऐनले कडा कारवाही गरिने भनिए पनि अनुगमन फितलो भएको कारण सर्वसाधारण जनता मार्कामा परेको सत्य छ । ढक, तराजुबाट हुने ठगी त्यतिकै छ । बेमौसमी सब्जी उत्पादनमा विषादी युक्त मापन यन्त्र थलिएको छ ।

हाल कोरोनाको त्रासले त्यसतर्फ न त स्थानीय सरकार सचेत हुन पुग्यो न त अनुगमन नै गर्न सक्यो, न त जिल्ला प्रशासनको ध्यान नै जान सक्यो । स्थानीय सरकारमा उपप्रमुखको अगुवाइमा अवलोकन, अनुसन्धान र कारवाही गर्ने समेत अधिकार छ । उपप्रमुखले नसके या नभ्याए वडा सरकार, वाणिज्य संघ, प्रहरी प्रशासनसँगै पत्रकारहरुको उपस्थितिमा अनुगमन गर्ने र कारवाही गर्ने समेत उल्लेख छ । तर, वडा सरकारले पनि ध्यान नदिएपछि मिसावट, ठगी र म्याद गुज्रिएको उपभोग्य सामान खरिद गरि उपभोग गर्न बाध्य छन्, जनता ।

त्यसो त सबै पसलेबाट यस्तो कुकर्म हुन्छ भन्न खोजिएको होइन तर केही पसलमा भएका ठगी र अनुगमन गर्नुपर्ने खालको व्यवहार देखिएको कारण सरकार बजार अनुगमन गरेर जनतालाईराहत दिन जरुरी छ ।