वीएण्डसीमा आजबाट पाठेघर र स्तन क्यान्सरका निःशुल्क परीक्षण « Yalambar Times
८ बैशाख २०८१, शनिबार

वीएण्डसीमा आजबाट पाठेघर र स्तन क्यान्सरका निःशुल्क परीक्षण


यलम्वर टाइम्स
२५ आश्विन २०७८, सोमबार ११:२६

बिर्तामोड । बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र वीएण्डसी टिचिङ हस्पिटलले आज सोमबारबाट तीन महिनासम्मका लागि महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क चेकजाँच सुरु गरेको जनाएको छ ।

बडादशैंको अवसर पारेर हस्पिटलको सभाकक्षमा झापाली पत्रकारहरुसँग शुभकामना आदानप्रदान गर्दै हस्पिटलले सो कुरा बताएको हो ।

हस्पिटलले नेपालमा पाठेघर र स्तन क्यान्सरबाट महिलाहरु पीडित भएको तथ्याङ्क रहेका हुँदा जोखिम कम गर्नका लागि निःशुल्क भीआईए परीक्षण, ओपीडी सेवा सञ्चालन गर्न हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

उनका अनुसार हस्पिटलले मेमोग्राम परीक्षणमा २५ प्रतिशत छुट दिइनेसमेत जनाए ।

शुभकामना आदानप्रदान कार्यक्रममा हस्पिटलका क्यान्सर हस्पिटलका डा. विरेन्द्र यादवले दशैंको शुभकामना दिँदै हस्पिटलबाट प्रदान हुने सेवा नरोकिने बताए । उनले विरामीको सेवामा २४ सै घण्टा हस्पिटल रहने जनाए ।

कार्यक्रममा प्रस्तावित मेडिकल कलेजका प्रिन्सिपल डा. उमेशकुमार शर्मा, पत्रकारहरुकातर्फबाट उमाकान्त खनालले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन हस्पिटलका सूचना अधिकृत प्रमेश गिरीले गरेका थिए ।