शिक्षक तथा गायक खपाङ्गीको हाम्रो किताब विमोचन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शिक्षक तथा गायक खपाङ्गीको हाम्रो किताब विमोचन


यलम्वर टाइम्स
१४ मंसिर २०७८, मंगलवार ०६:५९

अर्जुनधारा । शिक्षक तथा गायक रोहित खपाङ्गीद्वारा लिखित पुस्कत ‘हाम्रो किताब’ विमोचन गरिएको छ ।

फरक ढंगबाट गरिएको उक्त कार्यक्रममा पुस्तकको विमोचन लेखक खपाङ्गीले नै अध्यापन गराउँदै आएको शनिश्चरे माविकी कक्षा नर्सरीकी विद्यार्थी साइदु खातुनले गरेकी थिइन् ।

अरु भन्दा भिन्न र समाज उपयोगी काम गर्नुपर्छ भन्न रुचाउने खपाङ्गीले बालबालिका भनेको प्रकृति भएको बताउँदै उनै सानी नानीबाट आफ्नो पुस्तकको विमोचन गरिएको बताए ।

आफैले अध्यापन गराउने विद्यालयमा करिब ८ सय विद्यार्थी, शिक्षक, साहित्यकार र पत्रकारका बिच उनले आफ्नो कृति विमोचन गरेका हुन् ।

विमोचनपछि लेखक खपाङ्गीले अध्ययन, अनुसन्धान र प्रयोग तीन कुरालाई आफ्नो जीवनसँग जोड्दै जाँदा ‘हाम्रो किताब’ तयार भएको बताए ।

उनले यस पुस्तकले जीवन जगत, विज्ञान, स्वास्थ्य लगायत विविध विषयलाई समेटको बताए ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार कुमार भट्टराई, दिपीन राई, तीर्थ सिग्देल, शनिश्चरे माविका प्रअ चेतामणी पौडेल, पुण्य सुवेदी लगायतले पुस्तकका विषयमा आफ्नो विचार राख्दै लेखकप्रति शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका शिक्षक कपिलदेव तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा कृतिबाट लिएको सानो अंश शिक्षक रुद्र खतिवडाले प्रस्तुत गरेका थिए ।