युवा पुस्तालाई सहकारीसँग जोड्न आवश्यक « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

युवा पुस्तालाई सहकारीसँग जोड्न आवश्यक


यलम्वर टाइम्स
२७ मंसिर २०७८, सोमबार १०:२५

शनिश्चरे । श्रद्धा कृषि सहकारीको १३ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै युवा पुस्तालाई सहकारीको मोडलमा ल्याएर सहकारीको नीतिका विषयमा अवगत गराए समाजको अर्थतन्त्र बढेर जाने बताएका छन् ।

सोमबार आयोजित श्रद्धाको साधारणसभामा सहकारी संस्थाका जिल्ला सहसचिव कृष्णप्रसाद मिश्रले उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका मिश्रले युवा पुस्तालाई सहकारीमा ल्याउन आवश्यक रहेको बताउँदै कामबाट रिटायर्ड भएका मानिसहरुमात्र संस्थाको शेयर सदस्य भए सहकारीको प्रगति हुनमा कठिन हुने बताए ।

उनले सहकारीको विकास र आर्थिक उन्नतिका लागि शिक्षित पढेलेखेका शेयर सदस्यहरुको आवश्यकता रहेको जनाए ।

०७४ को सहकारी विधानले भनेको छ, सकिन्छ विषय मिल्ने संस्थासँग मर्ज गर्न जरुरी छ तर कृषि सहकारी र बहुउद्देश्यीय सहकारी संस्था मर्ज हुन नसक्ने जनाउँदै कृषि सहकारी संस्थाले पशु डाक्टर र बाली विज्ञलाई सहकारीको कर्मचारी बनाई कृषक सदस्यहरुले गरेको काममा उत्प्रेरणा भर्न सके कृषि पशु जस्ता कार्यमा शेयर सदस्यहरुले फड्को मार्न सक्ने सुझाव दिए ।

श्रद्धा सहकारी संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा ७० वर्षमामाथिका ज्येष्ठ नागरिक सदस्यलाई रु २ हजारको माला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद बृख प्रधान, प्रज्ज्वाला सहकारीका डिल्लीराम घोर्साई, लालीगुराँसका पवित्रा श्रेष्ठ, ज्येष्ठ नागरिक मिलन समाजका रामप्रसाद भट्टराई, कालिका बहुउद्देश्यीयका कर्णबहादुर तामाङले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मासिक बचतकर्ता केशवप्रसाद निरौला, क्रमिक बचतकर्ता कोपिला उप्रेति, असल ऋणीमा मेनुका राजवंशी, शेयर सदस्यका छोराछोरीबाट एसईईमा उत्कृष्ठ अंक ल्याउने सृजना अधिकारी, समिक्षा बर्देवा र उत्कृष्ठ कर्मचारी आशिका चौधरीलाई सम्मान गरिएको थियो ।

सहकारीका व्यवस्थापक तुलसा प्रधानले संस्थाको आर्थिक गतिविधि वाचन गरेकी थिइन् भने अध्यक्ष सापकोटाले भावी रणनीतिबारे धारणा राखेका थिए ।

आन्तरिक लेखा संयोजक रुद्र न्यौपानेले संस्थाको लेखाबारे टिप्पणी तथा सुझाव पेश गरेका थिए ।