फोनिज झापाको अध्यक्षमा भूमिका « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

फोनिज झापाको अध्यक्षमा भूमिका


यलम्वर टाइम्स
११ पुष २०७८, आईतवार १२:००

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले पहिलो पटक महिला नेतृत्व पाएको छ ।

फोनिज झापाको पौष १० गते बिर्तामोडमा सम्पन्न छैटौं अधिवेशनले भूमिका लिम्बू फियाकलाई अध्यक्ष पदमा चयन गरेपछि नेतृत्वमा महिलालाई पाएको हो । यसअघि फोनिज झापाको नेतृत्व महिलाले गरेका थिइनन् ।

त्यस्तै गरी समितिको उपाध्यक्षमा सविना राई, सचिव तिलक योञ्जन, सहसचिव विन्दु मुकारुङ, कोषाध्यक्ष नरेश गुरुङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा धनकुमार लावती, एकराज प्रधान, प्रतिक्षा राजवंशी, सुरेश थापा आले मगर, डिल्लीश्वर लिम्बू, सुजन प्रधान रहेको निर्वाचन अधिकृत कमन देवानले बताए ।

त्यस्तै सोही अधिवेशनले प्रादेशिक महाधिवेशन प्रतिनिधिसँगै संघीय प्रतिनिधि पनि चयन गरेको थियो ।

प्रदेश प्रतिनिधिमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा, मीना नेम्वाङ, निरन राई, लीला राई, सौरव मुखिया ‘ए’ र सौरव मुखिया ‘बी’ रहेका छन् ।

यसरी नै संघीय प्रतिनिधिमा देशराज नेम्वाङ, भारती राई, रमेश समदर्शी राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, यज्ञराज सुब्बा (विष्णु) र आनन्द गुरुङ रहेका छन् ।

नवनिर्वाचित समितिलाई फोनिज प्रदेश नं. १ का इन्चार्ज दिपीन राई, प्रदेश समितिका उपाध्यक्ष फिपराज लिम्बू, पर्वअध्यक्ष गणेशमान मुखिया लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य इन्द्रजीत मुखियाले गरेका थिए ।

फोनिज झापाले यसअघि मंसीर २५ गते अर्जुनधाराको खुदुनाबारी स्थित कैदले पर्यापयटन क्षेत्रमा अधिवेशन गरे पनि नयाँ नेतृत्व चुन्न नसकेपछि पौष १० गतेसम्मका लागि स्थगन गरेको थियो ।