मोरङमा दुइ नक्कली डाक्टर प्रहरीको नियन्त्रणमा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

मोरङमा दुइ नक्कली डाक्टर प्रहरीको नियन्त्रणमा


यलम्वर टाइम्स
१४ बैशाख २०७९, बुधबार ०६:३२

मोरङ । चिकित्सा शिक्षा सम्बन्धि नक्कली शैक्षिक योग्यता देखाएर उपचार गर्दै आएका मोरङका दुई नक्कली चिकित्सकलाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका व्यक्तिले बिरामी चेकजाँच गर्न पाउने प्रावधान छैन ।

फर्जी कागजको आधारमा चेकाजाँच गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बैशाख १२ गते उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ बर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरुले बिगत केही समयदेखि आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्री सहित नियन्त्रणमा लिएको र मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जनाएको छ ।