वृद्ध भत्ता र स्वास्थ्य सेवा घरआँगनमै ल्याउने छुः नेकपा एमालेका उम्मेद्वार गोम्देन « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

वृद्ध भत्ता र स्वास्थ्य सेवा घरआँगनमै ल्याउने छुः नेकपा एमालेका उम्मेद्वार गोम्देन


यलम्वर टाइम्स
१९ बैशाख २०७९, सोमबार १२:२९

खुदुनाबारी । नेकपा एमालेका प्रमुख पदका प्रत्यासी उम्मेद्वार बलदेवी गोम्देनले वृद्धहरुसँग आशिर्वाद माग्दै वृद्धभत्ता र स्वास्थ्य सेवा घरआँगनमा ल्याइपुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्जुनधारा वडा नं. ३ अन्तर्गत घरदैलो अभियानमा गोम्देनले नेकपा एमालेलाई विजयी गराए आउने समयमा असहाय, वृद्ध र गरिबीका रेखामुनी रहेकाहरु प्रति काम गर्ने जनाए ।

उनले अर्जुनधारा क्षेत्र अथाह स्रोतको भण्डार भएको हुँदा स्रोतलाई बचाएर आएको आर्थिक नेपाली जनताकै हितका लागि काम गर्ने पनि बताए ।

घरदैलो कार्यक्रम अन्तर्गत जुकेखाडीमा आयोजित चुनावी सभामा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना एमालेले बोकेर ल्याएको हुँदा बिजयी गराएको खण्डमा अर्जुनधारा नगर प्रदेश नं. १ कै उत्कृष्ट नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख पदकी प्रत्यासी खड्गमाया पराजुलीले महिलाहरुको उन्नति र प्रगतिका लागि काम गर्ने आधारहरु प्रशस्तै देखेको बताउँदै विजयी गराएको खण्डमा ती कामहरु अवश्य गर्ने बताइन् ।

वडाध्यक्षका उम्मेद्वार हरि वाग्लेले अर्जुनधारा–३ खुदुनाबारीको विगत र वर्तमान अवस्था बारे बताउँदै अझ प्रगति र उन्नतिमा आफू पछि नहट्ने बताए ।

घरदैलो कार्यक्रममा एमाले नेता अग्नी खरेल, नगर प्रमुख हरिकुमार राना, एमाले उपाध्यक्ष प्रेम गिरी लगायत कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।