धनुषकोटी धामको दर्शन पश्चात जनताको घरदैलोमा शेरबहादुर « Yalambar Times
५ बैशाख २०८१, बुधबार

धनुषकोटी धामको दर्शन पश्चात जनताको घरदैलोमा शेरबहादुर


यलम्वर टाइम्स
२१ बैशाख २०७९, बुधबार ११:४४

कनकाई । कनकाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार शेरबहादुर थापाले कनकाई ४ बाट घरदैलो अभियान सुरु गरेका छन् ।

स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका थापाले चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । उनले निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरे पश्चात घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।

उनले निर्वाचन आयोगबाट ‘जेब्रा घोडा’ चुनाव चिन्ह प्राप्त गरेका छन् ।

मेयरका उम्मेदवार थापाले पर्यटकिय क्षेत्र दोमुखा पार्कमा रहेको जेब्राको प्रतिमामा तथा धनुषकोटी धाम मन्दिर पुगेर दर्शन गरे पश्चात अभियानको थालनी गरेका थिए ।

साथै उनको चुनावी घरदैलो अभियानमा नगरको उपप्रमुखकी उम्मेदवार एकीकृत समाजवादीकी अम्बिका महत उप्रेती, स्वतन्त्र तर्फका वडाध्यक्ष धर्मलाल राजवंशी, युवराज संग्रौला सहित नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सामेल छन् ।

मतदान चिन्ह अंकित झण्डा तथा राष्ट्रिय झण्डा फहराउँदै सयौं समर्थक सहित प्रमुख थापा, उपप्रमुख उप्रेती तथा वडाध्यक्षका उम्मेदवार दोमुखा तथा धनुषकोटी धाममा पुगेका थिए ।

घरदैलोका क्रममा थापाले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका छन् भने सबैसँग सौहार्दता देखाएका छन् ।

घरदैलो अभियानका खटिएको उम्मेदवार सहितको टोलीले प्रत्येक घरका प्रत्येक सदस्यसँग भोट माग्ने कार्य गरेको छ ।