स्थानीय तहको निर्वाचनः मतदाता उत्साहित हुँदै मतदान « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

स्थानीय तहको निर्वाचनः मतदाता उत्साहित हुँदै मतदान


यलम्वर टाइम्स
३० बैशाख २०७९, शुक्रबार १०:४५

अर्जुनधारा । स्थानीय तहको निर्वाचन आज देशभरी हुँदैछ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । झापाको १५ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदाता उत्साहका साथ मतदान गर्न सहभागिता जनाउँदै आएका छन् ।

जिल्लाको १३१ वडामा ६ लाख ५० हजार २५८ जनाले मतदान गर्न पाउने छन् । झापाको १५ स्थानीय तहमा नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य निर्वाचित हुनेछन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार झापामा २९२६ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्येबाट ६८५ जना निर्वाचित हुने छन् ।

पाँच वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा पाँच दलीय गठबन्धन एमालेका विरुद्ध एक भएका छन् । गठबन्धन र एमालेबीचमा प्रतिस्पर्धा हुँदैछ ।