अर्जुनधारा वडा नं. १ मा गठबन्धनका बस्नेत विजयी, वडा नं. २ मा गठबन्धन अगाडि, प्रमुख पदमा एमालेको अग्रता कायमै « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

अर्जुनधारा वडा नं. १ मा गठबन्धनका बस्नेत विजयी, वडा नं. २ मा गठबन्धन अगाडि, प्रमुख पदमा एमालेको अग्रता कायमै


यलम्वर टाइम्स
१ जेष्ठ २०७९, आईतवार ०८:२०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत विजयी भएका छन् ।

गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाएका बस्नेतले नेकपा एमालेका विष्णु ढकाललाई १४० मतान्तरले पराजय गरेका हुन् ।

वडा नं. १ को अन्तिम मत परिणाम अनुसार निर्वाचित वडाध्यक्ष बस्नेतले १५९४ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्दी ढकालले १४५४ मत प्राप्त गरे ।

वडाध्यक्षकै अर्का उम्मेद्वार राप्रपाका विशाल खड्काले २४१ मत पाएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी सहितको गठबन्धनमा वडा सदस्यहरु भने पराजय व्यहोरेका छन् ।

वडा सदस्यहरुमा नेकपा एमालेका मुना खत्री (१५२७), इन्द्रकुमारी विक (१६३१), दिनेश घिमिरे (१४९४) र मदन लिमेल मगर (१६५६) विजयी बनेका छन् ।

वडा नं. १ मा जम्मा मतदाता संख्या ४७४६ रहे पनि ३५८१ मत खसेको थियो ।

प्रमुख पदमा भने नेकपा एमालेका बलदेव गोम्देन १७५७ मत प्राप्त गर्दै अग्रता बनाइरहेका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जीता कार्कीले १३६४ मत प्राप्त गरेकी छिन् ।

यसरी नै उपप्रमुखमा नेकपा एमालेका खड्गमाया पराजुलीले १६५८ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जीतेश योञ्जनले ९१३ मत पाएका छन् ।

यसअघि नेकपा एमालेका गजाधर खतिवडाले चार सय बढी मत प्राप्त गरेर विजयी भएका थिए तर, यसपटक जनमुक्ति र माओवादीको मत भएको कारण गठबन्धनका अध्यक्ष उपेन्द्र बस्नेतलाई विजयी बन्न सजिलो बनायो ।

यसअघि सो वडाबाट एमालेका हरिकुमार रानाले ८ सय मतले अग्रता बनाएका थिए भने बलदेव गोम्देनले ३९३ मतले मात्र अग्रता कायम गरेका छन् ।

अहिले वडा नं. २ को मत गणना गरिदैछ । सुत्रका अनुसार मत गणनामा गठबन्धनका वडाध्यक्षका उम्मेद्वारको मत अगाडि रहेको छ । तर, अन्तिम परिणाम भने आउन बाँकी छ ।