अर्जुनधाराको प्रमुख पदमा नेकपा एमाले अग्रतासँगै जीतको नजिक « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधाराको प्रमुख पदमा नेकपा एमाले अग्रतासँगै जीतको नजिक


यलम्वर टाइम्स
६ जेष्ठ २०७९, शुक्रबार १३:५८

अर्जुनधारा । अर्जुनधाराको मत गणना भइरहँदा सुरुबाटै प्रमुख तथा उपप्रमुख पदमा नेकपा एमालेले अग्रता बनाइरहेको छ ।

११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन र उपप्रमुखका प्रत्यासी खड्गमाया पराजुलीले अग्रता कायम गरिरहेका छन् ।

शुक्रबार साँझ ७ बजेसम्मको नतिजा अनुसार १४ हजार ७३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी गठबन्धनका तर्फबाटा नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जीता कार्कीले ११ हजार ८३० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै राप्रपाका सूर्य खतिवडाले १ हजार १८६ मत पाए । यसैगरी, एमोलेकी उपप्रमुख पदका प्रत्यासी पराजुलीले अग्रता बनाइरहेकी छिन् । उनले १३ हजार ८८६ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा माओवादीका जीतेश योञ्जनले ७ हजार ५७३ मत पाएका छन् । राप्रपाका तारादेवी बस्नेतले १ हजार ८४७ मत प्राप्त गरेकी छिन् ।

अन्तिम मत परिणाम आउन वडा नं. ९, १० र ११ को गरी ७ हजार ८७६ मत मात्र गन्न बाँकी रहेको छ । प्रमुख पदमा गोम्देनले २ हजार ९०८ मतको अग्रता कायम गरेका छन् भने उपप्रमुखमा पराजुलीले ६ हजार ३१३ मतान्तरले अग्रता लिएकी छिन् ।

यसलाई विश्लेषण गर्ने हो भने प्रमुख र उपप्रमुख एमालेको साथमा रहने देखिन्छ । यसरी नै वडा नं. ९ मा गठबन्धनका भिष्म मिश्र अगाडि छन् भने वडा नं. १० र ११ मा क्रमशः एमालेका भुपेन्द्र न्यौपाने र खगेन्द्र इङ्नामले अग्रता बनाएका छन् ।