ग्यालेक्सद्वारा खेलाडीलाई सम्मान « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

ग्यालेक्सद्वारा खेलाडीलाई सम्मान


यलम्वर टाइम्स
८ जेष्ठ २०७९, आईतवार ०८:३६

f

बिर्तामोड । ग्यालेक्सी फिटनेश बिर्तामोडले देशकै ठूलो धर्मश्री बडिविल्डीङ प्रतियोगितामा प्रथम तथा दोस्रो हुने खेलाडीलाई बधाई तथा सम्मान गरेको छ ।

गत साता काठमाण्डौमा आयोजित १६ औं धर्मश्री बडिविल्डीङ प्रतियोगितामा झापाका जीवन राई च्याम्पियन र ग्यालेक्सीका ललित धिमाल दोस्रो बनेका थिए ।

उनीहरुले झापा जिल्ला र ग्यालेक्सी परिवारकै नाम देशभर परिचित गराउन सफल भएको भन्दै बधाई तथा सम्मान गरिएको थियो ।

प्रथम र दोस्रो बनेका राई र धिमालले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित उपाथि हात पारे ।

क्लबका अध्यक्ष आशिष वनको सभापतित्वमा भएको कार्यक्रममा फिटनेश संघका अध्यक्ष गंगालाल गुरुङ लगायतले शुभकामना व्यक्त गरेको ग्यालेक्सी फिटनेशका प्रशिक्षक तथा सञ्चालक चन्द्र राना लाफाले बताए ।