इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलियममा प्रतिलिटर रु १०ले बढ्दा, ग्यासमा प्रतिसिलिण्डर २०० ले वृद्धि « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलियममा प्रतिलिटर रु १०ले बढ्दा, ग्यासमा प्रतिसिलिण्डर २०० ले वृद्धि


यलम्वर टाइम्स
९ जेष्ठ २०७९, सोमबार ०७:३०

झापा । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो ।
त्यस्तै ग्यासमा भने प्रतिसिलिन्डर २०० रुपैयाँले वृद्धि गरेको छ ।

नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।

यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

यस्तै हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।​

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने निगमले जनाएको छ ।​