सालबारीको साकेला थानमा जेठ १४ गते भव्य उभौली हुने « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

सालबारीको साकेला थानमा जेठ १४ गते भव्य उभौली हुने


यलम्वर टाइम्स
१० जेष्ठ २०७९, मंगलवार ११:४१

शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधाराले यो वर्षको उभौली पर्व जेठ १४ गते सालबारी स्थित साकेला थानमा भव्य रुपमा गर्ने भएको छ ।

यायोक्खा अर्जुनधाराले त्यस दिन कूल पूजासँगै साकेला नृत्य गर्दै शुभकामना आदनप्रदान गर्ने भएको यायोक्खा सचिव सरीता राईले बताइन् ।

कोरोनाका कारण यसअघि उभौली पूजा हुन सकेको थिएन । यस वर्ष भने भव्य रुपमा गर्न समिति समेत गठन गरिएको छ ।

उभौली पूजा सम्पन्न गर्नका लागि माङ्पा (पूजारी) सुशिला राई ‘खुशे’ को अगुवाईमा एक समिति रहेको छ भने भुपा राईको अगुवाईमा स्वागत समिति निर्माण गरिएको छ ।

त्यस्तै उभौली पूजालाई व्यवस्थापन गर्नका लागि विजय साम्पाङको अगुवाईमा समिति निर्माण गरिएको क्या. शिवकुमार राईले जानकारी दिए ।

क्या. मानबहादुर राईको अध्यक्षतामा भएको भेलाले विभिन्न क्षेत्रबाट नाच टोली आउने भएको जनाइएको छ ।