एक सातामा कबड्डी ४ को कमाई १५ करोड « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

एक सातामा कबड्डी ४ को कमाई १५ करोड


यलम्वर टाइम्स
२० जेष्ठ २०७९, शुक्रबार १३:१९

काठमाण्डौ । मल्टि स्टार्र फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ ले प्रदर्शनको पहिलो हप्ता १५ करौड रुपैयाँ कमाएको छ ।

प्रदर्शनको पहिलो दिननै बम्पर ओपनिङ गर्दै ३ करोडमाथिको कमाई गरेको फिल्मले एक हप्ताको अवधिमा उक्त आकंडा पार गरेको हो ।

यो सँगै नेपाली फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा धेरै कमाउने फिल्म बनेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म कबड्डी ४ ले बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ ।

फिल्मले अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरजस्ता रेकर्ड राखिसकेको छ ।

वितरक मनोज राठी ‘कबड्डी ४’ ले फिल्मले अहिले पनि दर्शकको साथ राम्रो पाइरहेको बताउँदै एक सातामा १५ करोड माथि कमाएर नयाँ रेकर्ड राखेको बताए ।

फिल्मले प्रदर्शन अगाडि नै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ ।

समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।