शनिश्चरे बहुमुखी क्याम्पसद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

शनिश्चरे बहुमुखी क्याम्पसद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना


यलम्वर टाइम्स
२२ जेष्ठ २०७९, आईतवार १०:०८

अर्जुनधारा । शनिश्चरे बहुमुखी क्याम्पसले अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित क्याम्पसले आइतवार जनप्रतिनिधिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको हो ।

शनिश्चरे बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य र नगर उप–प्रमुख खड्गमाया पराजुलीको बिशिष्ट आतिथ्य रहेको थियो ।

क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष हेमराज खरेलले गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख तामाङ, उपप्रमुख पराजुली, वडा नं. ७ का वडाअध्यक्ष गोविन्दप्रसाद खतिवडा लगायतले क्याम्पसको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्याम्पस सहायक प्रमुख कृष्ण थापाले गरेका थिए ।