ईशानको नेतृत्वमा धिमालको घर बन्दै « Yalambar Times
८ बैशाख २०८१, शनिबार

ईशानको नेतृत्वमा धिमालको घर बन्दै


यलम्वर टाइम्स
२६ जेष्ठ २०७९, बिहीबार १२:११

अर्जुनधारा । अर्जुनधारा–७ स्थित एक मजदुरको घर बन्ने भएको छ ।

दैनिक ज्याला गरी खाने भरत धिमालको बासस्थान नाजुक भएको कारण ईशान ढकालको अगुवाइमा २ कोठे घर बन्न लागेको हो ।

धिमालको घरका लागि होलो ब्लक खरीद गरिसकिएको छ भने झ्याल ढोका, सिमेन्ट, गिट्टी, बालुवा जोहो हुँदै आएको छ ।

करिब डेढ लाख रुपैयाँ लाग्ने र मिस्त्री भने भरतका जेठा छोरा र भरत आफै खट्ने भएका छन् । छलफलमा २ कोठे भवन सम्पन्न गर्नका लागि एक समिति समेत गठन भएको छ ।

समितिको सदस्यहरुमा विशाल भण्डारी, संजय थापा, रोशन लिम्बू, सोमनाथ गिरी, ईशान पौडेल र कमल पोखरेल रहेका छन् ।

त्यस्तै सल्लाहकारमा नविन ढुंगाना, राजेन्द्र काफ्ले, निरज ढकाल, सन्तोष नेम्वाङ, भिम पौडेल, अशोक राई र अमित खम्बू रहेको संयोजक ईशान ढकालले जानकारी दिए ।