सहारा साकोसको समितिले पायो पूर्णता, नेपालकै १ नम्बरको सहकारी हुनेमा विश्वस्त « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सहारा साकोसको समितिले पायो पूर्णता, नेपालकै १ नम्बरको सहकारी हुनेमा विश्वस्त


यलम्वर टाइम्स
२९ जेष्ठ २०७९, आईतवार १२:१९

चारपाने । बिर्तामोड–२ चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारबर्षे कार्यकालको लागि नेतृत्व चयन भएको छ ।

सहकारी क्षेत्रमा लोकप्रियता हाँसिल गरेको यस संस्थाले बुधबार निकै संघर्ष र छलफलबाट नेतृत्व निर्माण गरेको थियो ।

केही दिन अघि अध्यक्षमा हरिबहादुर राजवंशी सर्वसम्मत चयन भएका थिए भने अन्य पदको टुङ्गो लगाइएको हो ।

सबै पदको निर्विरोध टुङ्गो लगाएपछि आज (बुधबार) नयाँ कार्य समितिलाई सपथ ग्रहण गराएको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिएका हुन् ।

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला, महिला उपाध्यक्षमा पवित्रा लिम्बू, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्धितिय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्वरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल सर्वसम्मत् चयन भएका छन् ।

त्यस्तै सदस्यमा भिमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, शंकरप्रसाद रिजाल, पार्वता गिरी, बिन्दु श्रेष्ठ, नर्वदा संग्रौला र गुहेश्वरी कार्की सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन भएका कार्यसमिति सदस्य तथा लेखा सुपरिवेक्षण समितिलाई पनि सपथ ग्रहण गराइएको जनाइएको छ ।

सहाराले अझ जनता र शेयर सदस्यहरुको मन जित्नका लागि लोकप्रिय कार्यक्रम गर्दै नेपालकै एक नम्वर सहकारी बनाउन यो समिति सक्षम रहने प्रबन्धक महेन्द्रकुमार गिरीले प्रतिक्रिया दिए ।