बजेटले आदिवासी जनजाति, दलित र प्रेस क्लबलाई सम्बोधन गरेन « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

बजेटले आदिवासी जनजाति, दलित र प्रेस क्लबलाई सम्बोधन गरेन


यलम्वर टाइम्स
११ असार २०७९, शनिबार ०५:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक भएको २० पेजको दस्तावेजले आदिवासी जनजातिको उत्थानको विषयमा सम्बोधन गर्न कञ्जुस्याँईं गरेको देखिन्छ ।

नेपाल सरकारले आदिवासी जनजाति प्रतिष्ठान समेत निर्माण गरेर आदिवासीका हक, अधिकार, शिक्षा, भाषा, लिपी, संस्कृति र युवाहरुको उन्नति प्रगतिका लागि कार्यक्रम ल्याइरहँदा नगरले नीति तथा कार्यक्रममा नल्याउँनु आश्चर्य देखिन्छ ।

बजेट कार्यक्रमले दलित उत्पीडित वर्ग, प्रेस क्लबका विषयमा पनि उल्लेख गरिएको भेटिएन । तर स्थानीय सञ्चारलाई भने प्राथमिकतामा लैजाने भनी सम्बोधन गरिएको छ ।